पाँच विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सिफारिस

अन्नपूर्ण पोष्टको पाँच विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सिफारिस शीर्षकको समाचारमा सूर्यप्रसाद पाण्डे लेख्छन् उपकुलपति रिक्त ५ वटा विश्वविद्यालयमा नयाँ नियुक्तिका लागि  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले  नाम सिफारिस गरेको केही दिनपछि  नियुक्तिका लागि नाम सिफरिस गरिएको छ ।

स्रोतका अनुसार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा रमेश भट्टराई, भारती चन्द र पूर्णबहादुर चन्दको नाम सिफारिस गरिएको छ। भट्टराई त्रिभुवन विश्वविद्यालय नेपाली विषयका प्राध्यापक हुन्। भारती सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमै प्राध्यापनरत छिन्। चन्द सोही विश्वविद्यालयमा निमित्त उपकुलपति छन्। तीनै जना नेकपा निकट मानिन्छन्।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा जनार्दन लामिछाने, केशरसिंह राना र नन्दकुमार सिंहलाई सिफारिस गरिएको छ। लामिछाने काठमाडौं विश्वविद्यालयमा पढाउँछन्। राना जुलोजीका प्राध्यापक हुन्। सिंह त्रिविमा प्राध्यापनरत छन्।

नेपाल संस्कृत विश्वविद्यालयमा यादवप्रकाश लामिछानेको विषयमा छलफल भइरहेको छ। उनी तत्कालीन एमाले निकट प्राध्यापक संगठनका अध्यक्ष हुन्। तर लामिछाने त्यहाँ जान इच्छुक नभएकाले उनको नाम पोखरा विश्वविद्यालयमा पनि सिफारिस गरिएको छ। लामिछाने नेपाल संस्कृतको उपकुलपति हुन इच्छुक भएमा पोखरामा अन्यलाई नै उपकुलपति बनाउने सरकारको तयारी छ।

पोखरा विश्वविद्यालयका लागि लामिछानेसहित केशरजंग बराल र देवराज अधिकारीको नाम सिफारिस गरिएको छ। बराल सोही विश्वविद्यालयमा २०६४ देखि २०६८ सम्म उपकुलपति थिए। अधिकारी विश्वविद्यालय अनुदान आयोगमा सदस्यसचिव छन्।

कृषि तथा वनविज्ञान विश्वविद्यालयमा शारदा थपलिया, पुण्य रेग्मी र विष्णुहरि पण्डितको नाम सिफारिस गरिएको छ। थपलिया तत्कालीन उपकुलपति ईश्वरी ढकालको पदावधि सकिएपछि सोही विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारीमा छिन्। रेग्मी कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष हुन्। पण्डित फरेस्ट्रीका प्राध्यापक हुन्। उनी कलेज सञ्चालक पनि हुन्।

पूर्वाञ्चल विश्वविद्यालयमा भने सम्भावित व्यक्तिबारे छलफल भए पनि कसैको पनि नाम सिफारिस गरिएको छैन। विश्वविद्यालयमा मंसिर २७ गते दीक्षान्त समारोह छ। दीक्षान्त सकिएपछि नयाँ उपकुलपतिबारे छलफल गरिने शिक्षा मन्त्रालयको तयारी छ। विश्वविद्यालयको निमित्त उपकुलपतिमा बिजु थपलिया छिन्।

सिफारिस गरिएका व्यक्तिमध्येबाट एक जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गर्नेछन्। प्रधानमन्त्री सबै विश्वविद्यालयका कुलपति हुने कानुनी व्यवस्था छ।

तर सिफारिस गरिएकामध्ये पनि पार्टीभित्र ओली र अर्का अध्यक्ष प्रचण्डबीच भागबन्डा मिलाउनुपर्ने भएकाले उपकुलपति नियुक्तिका लागि केही दिन लाग्ने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ।

सिफारिस गरिएका व्यक्तिले पनि आफैंलाई उपकुलपति बनाउन अनुरोध गर्दै पार्टी अध्यक्षसँगको भेटघाट गरिरहेका छन्। सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई पूर्वमाओवादी निकट प्राध्यापकले भेटेका थिए। तर उपकुलपति नियुक्त गर्नुअघि नेपाली कांग्रेससँग पनि छलफल गर्ने तयारी दाहाल र ओलीले गरेका छन्।

भने गोरखापत्र दैनिकले निमित्तको भरमा मप विश्वविद्यालय शीर्षकमा  समाचार छापेको छ । सूर्खेतमा रहेको मध्य पश्चिमाञ्चल विश्वविद्यालय कामु उपकुलपति र निमित्त रजिष्टारको भरमा  चलिरहेको छ । निवर्तमान उपकुलपति प्राडा। उपेन्द्रकुमार कोइरालाको गत असोज ५ गते कार्यकाल सकिएपछि विश्वविद्यालय निमित्तका  भरमा  चलेको हो ।

उपकुलपतिभन्दा अगाडिदेखि निमित्त रजिष्टारका भरमा चलेको विश्वविद्यालयमा  २०७५ पुस २७ गतेदेखि निमित्त अहिलेसम्म नयाँ रजिष्टार नियुक्त हुन सकेको छैन ।

Thuprai - Books and E-books