After SEE Portal

अनुमति बिनै पठनपाठन, ३०० विद्यार्थीको भविष्य अन्योलमा

Bridge Course

 

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस सुनसरीले अनुमति बिनै विइ इलेक्ट्रिकल र आर्किटेक्चर इन्जिनियरिङ कक्षा सञ्चालन गर्दै आएको पाइएको छ ।

त्रिभुवन विश्वविद्यालय आंगिक क्याम्पसमा नै बिना अनुमति पठनपाठन भएको पाइएको हो । सो क्याम्पसमा इञ्जिनियरिङका दुवै विषय सम्बन्धनै नलिई २०७१ सालदेखि पठनपाठन हुँदै आएको हो । अनुमति नै नलिइ पठनपाठन गरेर क्याम्पसले विद्यार्थीको भविष्यमाथि कलेजले खेलवाड गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

‘चार बर्षे इलेक्ट्रिकल र पाँच वर्षे आर्किटेक्चर विषयको पठनपाठन त्रिविकै आंगिक क्याम्पसले अवैधानिक रुपमा गरेर हाम्रो भविष्यमाथि नै प्रश्न चिन्ह खडा गरिदियो ।’ इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थी नेत्रप्रकास अर्याल भने, ‘हाम्रो प्रमाणपत्र गैरकानुनी भएको भन्दै कसैले काम दिएनन् ।’

सो क्याम्पसबाट दुवै विषयमा ९६ जनाले इन्जिनियरिङ पास गरिसकेका छन् भने अहिले १९२ इलेक्ट्रिकल र ४८ जना आर्किटेक्चर विषयमा अध्ययन गरिरहेको क्याम्पस प्रशासनले जानकारी दियो ।

तीन दिनदेखि लागेको ताला खुलेन

दुवै विषयका ९६ जना विद्यार्थीलाई नेपाल इन्जिनियरिङ काउन्सिलले दर्ता गर्न नमानेपछि तीनदिन अघि पीडित विद्यार्थीले लगाएको ताला आज पनि खुलेन ।

त्रिविकै आंगिक क्याम्पसमा विद्यार्थीको भविष्य अन्योलमा पार्ने गरी गरिएको पाठनपाठनको विरोध गर्दै लगाएको ताला नखुल्दा सो क्याम्पसमा अध्ययनरत १७ सय विद्यार्थीको पठनपाठन पूर्ण रुपमा ठप्प भएको क्याम्पस प्रशासनले जानकारी दियो ।

प्रशासनका एक कर्मचारीका अनुसार विद्यार्थीहरुले क्याम्पस प्रशासन र क्याम्पस प्रमुख ओमप्रकाश ढकाललाई पटकपटक यस विषयमा जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि विद्यार्थीले बाध्य भएर ताला लगाएका हुन् ।

क्याम्पस प्रशासनका अनुसार विद्यार्थीको समस्याको समाधान खोज्न क्याम्पस मंगलबार नै इन्जिनियरिङ अध्ययन संस्थानको डिनको कार्यालय, शिक्षा मन्त्रालय र काउन्सिलमा गएको जानकारी दियो । काउन्सिलले ०७१ सालदेखिको प्रक्रिया खोजेपछि विद्यार्थी काउन्सिलमा दर्ता हुन नसकेपछि थप समस्या सिर्जना भएको विद्यार्थी नेता प्रदीप घिमिरेले जानकारी दिए । तत्काल पीडित विद्यार्थीको माग सम्बोधन गरी पठनपाठन गराउनु पर्ने भन्दै उनले भने, ‘प्रश्न वैधानिकतामा उठेको हो । त्यसैले क्याम्पस प्रशासनले पनि वैधानिक रुपमा नै हल खोज्नुपर्छ ।’

A Levels MA
Thuprai - Books and E-books