After SEE Portal

शिक्षक माथि भएको सांघातिक आक्रमणपछि पठनपाठन बन्द

Bridge Course

चितवनको भरतपुरस्थित बालकुमारी माध्यमिक विद्यालयमा कार्यरत शिक्षकशशिधर गैरे शर्मा माथि भएको अमानवीय कार्यको विरोध गर्दै सो विद्यालय आजबमट अनिश्चित कालका लागि बन्द गरिएको छ ।

शिक्षक शर्मालाई हिजो विद्यालय परिसरमा नै केही व्यक्तिले आनवीय व्यवहार गरेको र विद्यालयमा शान्तिपूर्ण ढंगले पठनपाठन गर्ने वातावरण नहुन्जेलसम्म अनिश्चितकालीन पठनपाठन बन्द गरिने प्रधानाध्यापक नारायण बहादुर थापाले जानकारी दिए ।

सो घटनाको विभिन्न शिक्षक संघसंगठनले घोर भत्सर्ना गरेका छन्। भत्सर्ना गर्ने शिक्षक संगठनमा नेपाल शिक्षक महासघ, चितवन , नेपाल शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, चितवन , नेपाल शिक्षक संघ, चितवन, नेपाल राष्ट्रिय शिक्षक संगठन, चितवन, अखिल चितवन, नेपाल राष्ट्रिय शिक्षक परिषद्, चितवन र अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, चितवन रहेका छन् ।

शिक्षकका उक्त संगठनको सो कदममा उक्त विद्यालयका शिक्षक एवम् कर्मचारीले ऐेक्यवद्दता जनाएको प्रधानाध्यापक थापाले जानकारी दिए ।

विगत केही दिनदेखि विद्यालयमा देखिएको असहज परिस्थिति तथा विद्यालयमा कक्षा ११ र १२ माअध्ययनरत विद्यार्थीहरुद्धारा विद्यालयको भौतिक संरचनाहरु तोडफोड गरी शिक्षकहरुको मान मर्यादाको ख्यालै नराखी विभिन्न अराजक किसिमका गतिविधिहरु गरेको र छानवीन प्रकिया अगाडी बढ़ी रहेको शिक्षक शिक्षकहरुको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो विज्ञप्तिमा ‘कानूनी बाटो रहेको अवस्थामा शिक्षक माथी अमर्यादित तरिकाले प्रहरी प्रशासनको उपस्थितिमा नै कालो मविल छयापी शारीरिक रुपमा नै घाइते हुने गरी कुटपिट गर्ने, शैक्षिक गतिविधिमा समेत दख्खल पुन्याई सम्पूर्ण शिक्षक कर्मचारीहरुको मान मर्दन तथा मानसिक स्थितिमा समेत प्रभाव पर्ने र मनोवल गिराउने काम भएकोले विद्यालयमा शैक्षिक अवस्था सहज बनाई दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म हामी शिक्षककर्मचारीहरु कुनैपनि शैक्षिक गतिविधिमा संलग्न नहुने जानकारी गराउँदै विद्यालयमा भएको अराजक गतिविधिको घोर भत्सर्ना गर्दछौं ’ सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books