After SEE Portal

हल्दीबारी गाउँपालिकाको जनजागृति माविमा क्वारेन्टाइन

Bridge Course

सीमा क्षेत्रबाट गाउँ फर्कने नागरिकको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै झापा हल्दीबारी गाउँपालिकाको वडा नं. १ स्थित जनजागृति माध्यमिक विद्यालयमा क्वारेन्टाइन बनाइने भएको छ ।

झापा जिल्ला प्रशासनले केही दिन अघि गरेको हरेका पालिकामा ५०० मानिस बस्न सक्ने क्वारेन्टाइन निर्माण गर्ने निर्णय अनुसार गाउँपालिकाले सो विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको हो ।

कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणका कारण रोजगारीको सिलसिलामा भारतलगायत अन्य देश गएका नागरिकको स्वास्थ्य सुरक्षा र उनीहरुको स्वास्थ्य स्थितिको परीक्षण गरुन्जेलसम्म सो विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न लागिएको गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले बताए ।

रोजगारीको सिलसिलामा विदेश गएका नागरिकको स्वास्थ्य सुरक्षा नेपाल सरकारको दायित्व हो । उनीहरुलाई सुरक्षित स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्छ । छिमेकी मुलुकको लकडाउनमा केही लचकता भएमा सीमा नाकाबाट मानिसहरुको आवागमन हुनसक्ने हुँदा विद्यालयलाई क्वारेन्टाइन बनाउन लागिएको हो । ‘भारतमा रेल सञ्चालन गरिएसंगै गाउँपालिका भित्रका नागरिक स्वदेश फर्कने वातावरण बनेको छ ।’ उपाध्यक्ष गिरिले भने, ‘उनीहरुको सुरक्षित व्यवस्थापन, स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राखिने छ, क्वारेन्टाइनमा सम्पूर्ण कुराको सहज व्यवस्थापन गर्ने प्रबन्ध मिलाइ रहेका छौं ।’

A Levels MA
Thuprai - Books and E-books