After SEE Portal

गुणात्मक शिक्षा अपरिहार्य: शिक्षा मन्त्री

Bridge Course

जनकपुरधाम, ७ भदौ (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षाको आवश्यकतामा जोड दिनुभएको छ । 

जयगोविन्द साह अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले नयाँ पुस्ताको माग अनुरूपको शिक्षा अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो । 

मन्त्री पोखरेलले अब विद्यालयमा राजनीति र टे«ड युनियनको कुरा नगरी प्राविधिक शिक्षाको संस्कृति निर्माणतर्फ उन्मुख हुनु जरुरी छ भन्नुभयो । 

उहाँले सरकारले विगतमा भएका विसङ्गतिलाई हटाउने धेयले अनिवार्य शिक्षा ऐन ल्याउन लागेको जानकारी दिनुभयो । सरकारी विद्यालयको अवस्था ज्यादै खराब भएका कारण यसका सुधारका लागि सबैको गहन जिम्मेवारीको आवश्यकता छ भन्दै अब विद्यालयमा सुयोग्य शिक्षक राख्ने प्रणालीको विकास अपरिहार्य भइसकेको उहाँले बताउनुभयो । 

सरकारले फरक क्षमता भएका विद्यार्थीका लागि फरक विद्यालय खोल्ने तयारी गरिरहेको जानकारी गराउँदै शिक्षामन्त्रीले अबको साक्षरता अभियानलाई पूर्णरूपले सफल बनाउन सबै निकाय अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, शिक्षक र गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । 

A Levels MA