CMAT

बालमैत्री नगरमा विद्यार्थीमाथि ज्यादती आरोप

Bachelors Portal

परासी,२४ भदौ । नेपालकै पहिलो बालमैत्री नगर घोषणा गरिएको पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित एक विद्यालयका शिक्षकले विद्यार्थीमाथि हातपात र कुटपिट गरेको भन्दै विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । 

सुनवल क्षेत्रकै नमूना विद्यालय महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारीले सोही विद्यालयको कक्षा १०का प्रदीप कोंहार र धीरज पाण्डेलाई अपशब्दसहित हातपात गरेको विद्यार्थीको आरोप छ । 

सोही क्रममा आज विद्यार्थीले दोषी भनिएका शिक्षकमाथि कारवाही हुनुपर्ने माग गर्दै प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विद्यार्थीले न्यायको माग गर्दै सुनवल नगरपालिका र शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय परासीमा निवेदन पनि दिइएको बताएका छन् । विद्यालय व्यवस्थापन समितिले पनि प्रधानाध्यापक पाण्डेलाई दश दिनका लागि निलम्बन गरेको अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिनुभयो । 

गत मङ्गलबार कक्षा १० मा नेपाली विषयअन्तर्गत ‘हाम्रो संस्कृति’ शीर्षक पाठ अध्यापन गराउने क्रममा शिक्षक कौशलराज तिवारीले फरक फरक समुदाय र सम्प्रदायको उदाहरण दिँदा मधेश क्षेत्रको संस्कृति बताउने क्रममा ठेस पुग्ने शब्दको प्रयोग गरेको भन्दै विद्यार्थीले शिक्षकको प्रतिवाद गरेको र विद्यार्थीलाई सम्झाउने क्रममा घटना भएको विद्यालयका प्रधानाध्यापक पाण्डेले स्वीकार गर्नुभयो । उहाँले नहुने पर्ने घटना भएको भन्दै आफूहरुले क्षमायाचना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि जनाउनुभएको छ । 

विद्यार्थीले भने बालमैत्री नगरकै उपहास हुने गरी विद्यार्थीमाथि ज्यादती गर्ने शिक्षकलाई कारवाही हुनुपर्ने माग गरिरहेका छन् । सुनवल नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक दधिराम अर्यालले विद्यालयमा ज्यादती नै भएको जानकारी आएकाले दोषीलाई उचित कारवाही हुने बताउनुभयो । 
नगरपालिकाका प्रमुख भीमबहादुर थापाले छानबिन समिति गठन गरेर घटनाको यथार्थ ल्याउने र दोषीलाई कारवाही गर्ने प्रतिबद्धता आन्दोलनरत विद्यार्थीसँग व्यक्त गर्नुभएको छ । 

Thuprai - Books and E-books
I Tech store