Edusanjal

अनिवार्य तथा निःशुल्क शिक्षा विधेयकमा नागरिक सुझाव

काठमाडौँ, १४ भदौ (रासस) ः अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा शिक्षा अधिकारका क्षेत्रमा कार्यरत विभिन्न ३३९ सङ्घसंस्थाको साझा सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले सांसदलाई आज सुझावपत्र हस्तान्तरण गरेको छ । 

शिक्षा एवं बालबालिकाको क्षेत्रमा कार्यरत अन्य विभिन्न सङ्घसंस्था तथा व्यक्तित्वबीच छलफल गरी बनाइएको उक्त सुझावमा नेपालको संविधान (२०७२) को धारा ३१ ले प्रत्याभूत गरेको प्रत्येक नागरिकलाई आधारभूत तहसम्म निःशुल्क तथा अनिवार्य शिक्षा र माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्राप्त गर्ने अधिकारलाई कार्यान्वयन गर्ने विषय विधेयकमा संशोधन गर्नुपर्ने सवाल समावेश गरिएको छ । 

एनसिइ नेपालले सो विधेयबारे यही भदौ ११ गते सांसद्, विज्ञ र सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गरेको थियो । 

+2 School
Counseling
Bachelors Portal