अर्को सूचना नआएसम्म लोकसेवाको परीक्षा स्थगित

लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा तत्कालका लागि स्थगित भएको छ । सरकारले लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्ति सम्बन्धी व्यवस्था अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री युवराज खतिवडाले मन्त्री परीषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सो कुराको जानकारी दिएका हुन् ।

सरकारले रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गरेको छ । 

Thuprai - Books and E-books