सार्वजनिक विद्यालयले यसरी पेश गर्न सक्छन् राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कार्यक्रम प्रस्ताव

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सार्वजनिक विद्यालयहरूले भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुन स्थानीय तहमार्फत प्रस्ताव पेश गर्न पाउने भएका छन् ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्र, भक्तपुरले सूचना जारी गर्दै नेपाल सरकार (मन्त्रिपरिषद) बाट स्वीकृत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ बमोजिम विद्यालयको भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुन इच्छुक सार्वजनिक विद्यालयहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा यही मंसिर १३ गते बसेको निर्देशक समितिको बैठकबाट चालु आर्थिक वर्ष २०७८-०७९ का लागि सो कार्यक्रम अन्तर्गत सार्वजनिक विद्यालयहरूलाई स्थानीय तहमार्फत प्रस्ताव पेश गर्ने गरी सूचना प्रकाशन गर्ने निर्णय भएको थियो।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रले निम्नानुसारका प्राथमिकता क्षेत्र र शर्त बन्देजभित्र रही तोकिएको ढाँचाको प्रस्ताव यही पौष ८ गतेभित्र सम्बन्धित स्थानीय तहमा पेश गर्न सूचना जारी गरेको छ ।

प्रस्तावका लागि प्राथमिकता तोकिएका क्षेत्रहरूः

१. विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम

२० आइसिटी ल्याब व्यवस्थापन (प्रोजेक्टर, स्मार्ट बोर्ड, टिभी सेट लगायतका सामग्री) तया विद्यालयमा डिजिटल लाइब्रेरी व्यवस्थापन

३. प्राविधिक धार सञ्चालनमा रहेका विद्यालयहरूको ल्याब सुदृढीकरण तथा नयाँ प्राविधिक धारका विद्यालय स्थापना

विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम (दुई कोठे तथा चार कोठे भवन) माग गर्ने आधारहरु

१. विद्यार्थी संख्याका आधारमा भवन र कक्षाकोठा नपुग भएको ।

२. विद्यालयको भवन निर्माणका लागि विद्यालयको आफ्नै स्वामित्व र विद्यालय भवन हाता भित्र शौचालयसमेत निर्माण गर्न पर्याप्त जग्गा भएको ।

३. संघ, प्रदेश, तथा स्थानीय तह र कुनै दातृसंस्थाबाट भवन निर्माणका लागि कार्यक्रम नपरेको वा दोहोरो हुने अवस्था नभएको ।

४. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गत वर्ष विद्यालय भवन निर्माण कार्यक्रम प्राप्त नभएको ।

५. यस भन्दा अघि नमुना विद्यालय विकास कार्यक्रममा छनौट अएको विद्यालय हुनु नहुने ।

६. लागत साझेदारीमा निर्माण कार्य गर्न सक्षम भए सोको प्रतिवद्धता ।

७. स्थानीय तहबाट सिफारिस भएको हुनुपर्ने, आइसिटी ल्याब व्यवस्थापन ( प्रोजेक्टर, स्मार्ट बोर्ड, टिभी सेट लगायतका सामग्री) तया विद्यालयमा

डिजिटल लाइब्रेरी व्यवस्थापन

१. आइसीटी ल्याब तथा हालसम्म डिजिटल लाइब्रेरी व्यवस्था नभएका माध्यमिक विद्यालय हुनुपर्ने ।

२. न्यूनतम २०० विद्यार्थी भएका आधारभुत तह कक्षा ८ सम्म सञ्चालनमा रहेका विद्यालय समेत समावेश हुन सक्ने ।

३. आइसीटी ल्याब व्यवस्थापन तथा डिजिटल लाइब्रेरी व्यवस्थाका लागि आवश्यक कोठा र इन्टरनेट सहितको विद्धुतिय प्रबन्ध भएको हुनुपर्ने ।

४. कम्प्युटर विषय अध्यापन हुने विद्यालय भए सो को व्यहोरा खुल्ने प्रमाण समावेश गर्नुपर्ने ।

५. गत विगत वर्षहरुमा आइसीटी ल्याव व्यवस्थापनका लागि अनुदान प्राप्त नभएका विद्यालय हुनुपर्ने

प्राविधिक धार सञ्चालनमा रहेका विद्यालयहरुको ल्याब सुदृढीकरण तथा प्राविधिक धारको

विद्यालय सञ्चालन नभएका स्थानीय तहका इच्छुक विद्यालयहरू

१. साविकको शिक्षा विभाग तथा शिक्षा तथा मानव सोत विकास केन्द्रबाट प्राविधिक धार सञ्चालन गर्न

अनुमति प्राप्त गरेको विद्यालयहरू

२. कक्षा ९ तथा कक्षा ११ सञ्चालन गर्दो तौकिएको ल्याव व्यवस्थापन अनुदान प्राप्त गर्न छुट भएका विद्यालयहरू

३. हालसम्म प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद वा शिक्षा विभागरशिक्षा तथा मानव सोत विकास केन्द्रबाट प्राविधिक धार सञ्चालनका लागि विद्यालय छनौट नभएका स्थानीय तहका प्राविधिक धारको विद्यालय सञ्चालन गर्न इच्छुक माध्यमिक विद्यालयहरू कार्यक्रम माग गर्ने प्रक्रियाः

१. माथि उल्लेखित कार्यक्रमहरूमा तोकिएका आधारमित्र पर्ने विद्यालयहरुले कार्यक्रम माग गर्दा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराई निर्णय प्रतिलिपि समेतका कागजातहरु सहित तयार गरेको फाइल मिति २०७८।०९।०८ गतेभित्र स्थानीय तहमा पेश गर्ने ।

२. स्थानीय तहमा प्राप्त भएका प्रस्तावहरु सम्बन्धित स्थानीय तहले प्राथमिकीकरण गरी फन्ट मंगल र फन्ट साइज १० मा देहायको ढाँचामा तयार गरेको एक्सेल सिट सहितको इलेक्ट्रोनिक कपी र हार्ड कपी फाइल मिति २०७८।०९।१२ गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय ईकाइमा पेश गर्ने ।

३. स्थानीय तहहरुबाट प्राप्त भएका सिफारिसहरुलाई स्थानीय तहले प्राथमिकीकरण गरेको विद्यालयको क्रम नविग्रने र एउटा स्थानीय तहको विद्यालयहरु एकै ठाँउमा रहने गरी तपसिलको ढाँचामा शिक्षा विकास तथा समन्वय इकाइले फन्ट मंगल र फन्ट साइज १० हुनेगरी देहायको ढाँचामा एक्सेल सिट तयार गरी इडिटेबल एक्सेल सिट र प्रमाणित पिडिएफ कपी दुबै डकुमेन्ट मिति २०७८।०९।१६ गतेभित्र शिक्षा तथा मानव सोत विकास केन्द्र, सानोठिमी भक्तपुरको इमेल ठेगाना मा पठाइ सक्नुपर्नेछ ।

४. शिक्षा विकास तया समन्वय इकाइले प्रमाणित एप ओग्भ र प्राप्त प्रस्तावहरुलाई विद्यालयगत रुपमा छुट्टाछुट्टै फाइलमा राखी स्थानीय तहगत रुपमा अलग अलग छुट्टिने गरी जिल्ला भरीको सबै सक्कल प्रस्तावहरु मिति २०७८।०९।३० भित्र यस केन्द्रमा आइपुग्ने गरी पठाई सक्नुपर्नेछ ।

पेश गर्नुपर्ने कागजातहरुः

१. विद्यालय व्यवस्थापन समितिको निर्णय सहित कार्यक्रम माग गरेका कागजातहरु

२. विद्यालयको प्राथमिकताक्रम र कार्यक्रमको दोहोरोपन नपर्ने सुनिश्चितता सहितको स्थानीय तहको सिफारिस पत्र

३. स्थानीय तहको प्राथमिकीकरण सहित सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइले तयार गरेको स्थानीय तहगत जिल्लाको समगष्टिगत प्रमाणित विवरण

४. प्राविधिक धार सञ्चालनमा नरहेका स्थानीय तहले प्राविधिक धारको विद्यालय सञ्चालन गर्न इच्छुक विद्यालयहरुबाट कार्यक्रम माग भई आएमा उक्त विद्यालयलाई सञ्चालन अनुमति सम्वन्धी प्रक्रिया पूरा गरी सोको कागजात संलग्न गर्नु पर्नेछ ।

पुनश्चः

१. एक विद्यालयले बढीमा २ वटा कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सक्नेछन्‌ ।

२. म्याद नाघी प्राप्त भएका र रीत नपुगेका प्रस्ताव उपर कुनै कारवाही गरिने छैन ।

३. शिक्षा विकास तथा समन्वय इकाइबाट माथि उल्लेख भए बमोजिम प्रमाणीकरण गरी पठाइएका प्रस्ताव मात्र ग्राह्य हुनेछन्‌ ।

Thuprai - Books and E-books