A Levels MA

३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा (बिदाको पूर्ण पाठसहित)

नेपाल सरकारले आगामी २०७७ सालमा ३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयका अनुसार सरकारले १० प्रकारका सार्वजनिक बिदा दिने भएको हो । उक्त बिदा जात,लिङ्ग र क्षेत्र अनुसार फरक फरक हुने भएका छन् ।

यो बिदा २०७७ वैशाख १ गते देखि लागु भई चैत्र मसान्तसम्म लागु हुने भएको छ ।

गृह मन्त्रालयले २०७७ मा ५२ दिन शनिबार, पर्व बिदा,महिलाका लागि हरितालिका, जितीया पर्व मनाउने महिलालाई बिदा दिने भएको छ । पर्व बिदा विभिन्न ठाउँमा फरक फरक हुने कतिपयले ७८ दिन सार्वजनिक बिदा पाउने र कतिपयले केही दिन कम पाउने मन्त्रालयले जानकारी दियो ।

मन्त्रालयका अनुसार शिक्षण संस्थाहरूलाई मात्र बसन्त पञ्चिमीका दिने बिदा दिने भएको छ ।

त्यस्तै जात्रा बिदा, दशैं बिदा, तिहार बिदा, दिवस बिदा, अपाङ्ग कर्मचारीलाई छुट्टै बिदा,जन्म जयन्ती बिदा र राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने बिदा दिने भएको हो ।

बिदाको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्ः

 

Thuprai - Books and E-books