A Levels MA

पूर्वाञ्चल विश्वविद्यालयले असोज पहिलो साता परीक्षा सञ्चालन गर्ने

पूर्वाञ्चल विश्वविद्यालयले आगामी असोज पहिलो सातादेखि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरू वैकल्पिक विधिबाट सञ्चालन गर्ने भएको हा् र ।

विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गरी प्राज्ञिक परिषद् र कार्यकारी परिषद्को निर्णयानुसार परीक्षा सञ्चालन गरिने जानकारी दिएको छ । परीक्षा नियन्त्रक प्राडा सूर्यप्रसाद सङ्ग्रौलाद्वारा हस्ताक्षरित सूचनामा वैकल्पिक विधि अन्तर्गत ‘टाइम बाउण्ड होम बेस्ड’ पद्धति अपनाइ परीक्षा सञ्चालन गरिने उल्लेख गरिएको छ ।

विश्वविद्यालयको प्राज्ञिक परिषद्को हिजोको र कार्यकारी परिषद्को आजको बैठकले परीक्षा सञ्चालन सम्बन्धी नयाँ निर्णय गरेको सो सूचनामा उल्लेख गरेको छ ।

पूवाञ्चल विश्वविद्यालयमा आबद्ध कलेजहरूले इन्जिनियरिङ, व्यवस्थापन र मानविकी सङ्कायका विभिन्न विषयमा पठनपाठन गराउँदै आएको छ ।

विश्वविद्यालयका सबै विद्यार्थीलाई असोज पहिलो साताबाट परीक्षा सञ्चालन हुने हुँदा अध्ययनरत क्याम्पसमा सम्पर्क गर्न आग्रह समेत गरेको ।

विश्वविद्यालयले वार्षिक र सेमेष्टरतर्फका आंशिक परीक्षाहरूपछि परिषद्को बैठकले निर्णय गरे बमोजिम हुने नियन्त्रक डा। सङ्ग्रौलाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books