लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि (तालिकासहित)

कोरोना भाइरसका कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।

लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह -प्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ ।

आयोगले कोभिड १९ को विशेष संक्रमणकालीन अवस्थामा परीक्षामा सामेल हुने उम्मेदवारले अनिवार्य पालना गर्नुपर्ने नियम निर्धारण गरेको छ । संक्रमणलाई मध्यनजर गरी आयोगद्वारा सञ्चालन गरिने लिखित परीक्षालाई सुरक्षित र प्रभावकारी तुल्याउन तथा परीक्षामा संलग्न हुने उम्मेदवार र खटिने जनशक्तिको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी परीक्षा सम्बन्धी कार्यलाई सुरक्षित तुल्याउन आयोगद्वारा निश्चित नियम बनाएको हो ।  

परीक्षामा सामेल हुने उम्मेदवारले नाक, मुख राम्रोसँग छोपिने गरी अनिवार्य रूपले मास्क लगाउनुपर्नेछ । आवश्यकता अनुसार स्यानिटाइजरसमेत प्रयोग गर्नु पर्नेछ। संक्रमण भएको वा लक्षण भएको उम्मेदवारले परीक्षा शुरू हुनु भन्दा अगाडि अनिवार्य रूपले परीक्षासञ्चालन गर्ने कार्यालय–शाखामा जानकारी गराउनु पर्नेछ,  परीक्षा केन्द्रमा उम्मेदवारले भिडभाड नगरी लाइनबद्ध रूपमा आफ्नो नाम र कोठा नम्बर एकिन गरी तोकिएको स्थानमा पालै पालो प्रवेश गर्नुपर्ने नियम बनाएको छ। त्यसैगरी उम्मेदवारले परीक्षाको समय अघि वा पछि समूहमा बस्ने र कुराकानी गर्नु हुँदैन ।

परीक्षा सम्पन्न भएपछि सुरक्षितरूपमा परीक्षा भवनबाट बाहिर जानु पर्नेछ  उम्मेदवारले आफ्नो लागि पिउने पानी लगायत स्वास्थ्य सुरक्षा सामग्रीको प्रबन्ध ऑफै गर्नु पर्ने, सबै उम्मेदवारले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा आयोगको  विद्युतीय माध्यमबाट कोभिड सम्बन्धी स्वयम् घोषणा फाराम अनिवार्य रूपमा भर्नु पर्ने, सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षामा सामेल हुने उम्मेदवारले सम्बन्धित सुरक्षा निकाय तथा संगठित संस्थामा आफ्नो स्वास्थ्य सम्बन्धी अवस्थाको बारेमा अग्रीम जानकारी गराउनु पर्ने नियम बनाएको छ। संक्रमणजन्य रोगबाट बच्न नेपाल सरकारले तोकेको अन्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु पर्ने नियम बनाएको छ।

परीक्षा तालिका 

Thuprai - Books and E-books