After SEE Portal

त्रिभुवन विश्वविद्यालय कम्प्युटर विज्ञान विद्यार्थीद्वारा संघर्षको घोषणा

Bridge Course

कम्प्युटर विज्ञान तथा सुचना प्रविधि (CSIT) विषय त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत रहि MSc. CSIT केन्द्रिय विभाग किर्तिपुरमा विगत १५ वर्ष देखि र BSc. CSIT विगत ९ वर्ष देखि विभिन्न आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा संचालित भईरहेको छ । आंगिक र सम्बन्धन प्राप्त क्याम्पस गरी एक शैक्षिक सत्रमा कम्तिमा २५०० जना विद्यार्थीहरु भर्ना हुन्छन् । 

विगत लामो समय देखि MSc. CSIT र BSc. CSIT मा नितिगत देखि कार्यक्रम कार्यान्वयन र उत्पादित जनशक्तिको बजार व्यवस्थापन लगाएत विभिन्न खाले समस्या रहेको र उक्त समस्याहरु सम्बन्धित निकायमा जानकारी गराउँदा गैह्र जिम्मेवार पूर्ण जवाफ दिने र पन्छिने प्रबृति रहि आएको छ । पछिल्लो समयमा लोक सेवा आयोग र सरकारी संघ संस्थानहरुमा सूचना प्रविधिका विभिन्न तहका पदहरुमा कप्यूटर विज्ञान तथा सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीलाई योजनाबद्ध तरिकाले अवसरबाट बञ्चित गर्ने उदेश्यले काल्पनिक रुपमा अनेक बखेडा खडा गरि केहि तत्वले विभिन्न क्षेत्रमा CSIT लाई योग्यताको सुचिबाट नै हटाएको छ । हजारौं विद्यार्थी र उत्पादित दक्ष जनशक्ति माथि निर्मम ढंगबाट प्रहार हुँदा सम्बन्धित निकाय मौन बस्नु र जानकारी गराउँदा वेवास्ता गर्नु आफैमा निन्दनिय छ । साथै त्रि. वि. सेवा आयोगद्धारा संचालित कप्युटर विज्ञान विषयको मिति : २०७६ ।०८।०२ र २०७६ ।०८।०३ गतेका दिन संचालित उप प्राध्यापकक पदको परिक्षामा सेवा आयोग द्वारा निर्मित पाठ्यक्रमको ग्रीड बाहिर गएर प्रश्न पत्र सोधिनुले पनि यसको पुष्टि गर्छ । 

यसै सन्दर्भमा मिति: २०७६।०८।१४ गतेका दिन कम्प्युटर विज्ञान तथा सुचना प्रविधि एसोसिएसन नेपाल (CSITAN), स्टुडेन्ट एसोसिएसन अफ कम्प्युटर साइन्स (SACS) र कम्प्युटर साइन्स आल्मुनाई एसोसिएसन (Computer Science Alumni) को संयुक्त बैठकले उप कुलपति (त्रि. वि.), डीन (विज्ञान तथा प्रविधि अध्ययन संस्थान), विभागिय प्रमुख (कम्प्युटर विज्ञान तथा सुचना प्रविधि, केन्द्रिय विभाग) समक्ष निम्नानुसारका मागहरु राखि संघर्षका कार्यक्रम तय गरेको छ।

मागहरु: 

१. त्रि. वि. सेवा आयोग द्वारा मिति : २०७६।०८।०२ र २०७६।०८।०३ गते संचालित कम्प्युटर विज्ञान विषयको उप प्रध्यापक पदको परिक्षा रद्ध गरी पुन : परिक्षा गरियोस् । 

२. लोक सेवा आयोग द्वारा विभिन्न मितिमा सुचना प्रविधि पदका लागि जारी गरिएका विज्ञापनमा कम्प्युटर विज्ञान तथा सुचना प्रविधि अध्ययन गरेका विद्यार्थीले खुला प्रतिस्पर्धामा समावेश हुन पाउने वातावरण तुरुन्त बनाईयोस । 

३. आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका लागि CSIT को शुल्क बैज्ञानिक पद्धतिमा निर्धारण गरियोस

४. BSc.CSIT मा निर्धारित १० प्रतिशत छात्रवृत्तिको व्यापक दुरुपयोग भएकोले त्रि. वि. ले नै छात्रवृतिका लागि विद्यार्थी छनौट गरी सम्बन्धित क्याम्पसमा भर्ना गराईने व्यवस्था गरियोस ।

५. BSc. CSIT को Entrance Exam र Result व्यवस्थीत गरी आंगिक क्याम्पसमा समयमै भर्ना हुन पाउने वातावरण बनाइयोस र सम्बन्धन प्राप्त क्याम्पसमा पनि त्रि. वि. मापदण्ड अनुरुप भर्ना हुने प्रक्रिया अघि बढाइयोस । 

६. MSc. CSIT र BSc. CSIT को शैक्षिक क्यालेण्डर प्रकाशित गरी लागु गरियोस । 

७ आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा तथा CSIT केन्द्रिय विभागमा Research and Development सम्बन्धि कार्यक्रम तय गरी यथाशिग्र लागु गरियोस । 

८. शैक्षिक गुणस्तर सुधारका लागि पूर्णकालिन शिक्षक शैक्षिक मर्यादा भित्र बसेर विभाग तथा क्याम्पसमा तोकिएको सिफ्टमा अनुसार अनिवार्य उपस्थीत रहने वातावरण मिलाईयोस । 

९. IT Council गठनका लागि तत्काल आवश्यक कदम चालियोस ।

पुनश्च : उल्लेखित मागहरु प्रतिको कुनै पनि किसिमको बाहाना र वेवास्ता सैह्य नहुने र सम्पूर्ण मागहरुको मिति: २०७६/०८/१९ गते भित्रमा सुनवाई नभएमा निम्नानुसारका संघर्षका कार्यक्रम अघि बढाउन बाध्य हुने छौ र संघर्षबाट उत्पन्न हुने परिणामको जिम्मेवार त्रि. वि. पदाधिकारी स्वयंम हुने छन् ।

संघर्षका कार्यक्रमहरु

१. मिति : २०७६।०८।२२ गते कालो पट्टी र कालो व्यानर सहित पढन पाढन । 

२. मिति : २०७६।०८।२३ गते देश व्यापि Pen down गरी पठन पाठन स्थगित गर्ने । 

३. मिति : २०७६ ०८।२४ गते विरोध तथा प्रदर्शनका कार्यक्रम गर्ने । 

४. मिति : २०७६।०८।२५ गते त्रि. वि. घेराउ गर्ने ।

A Levels MA