After SEE Portal

गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक देवकोटा

Bridge Course

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राडा नवराज देवकोटालाई नियुक्त गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ्ग नियुक्त भएको सात महिनापछि विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् ।

सामाजिक विकास मन्त्री संयोजक, कुलपति प्राडागुरुङ र मन्त्रालयका सचिव सदस्य रहेको सिफारिस समितिले देवकोटालाई उपकुलपतिका लागि सिफारिस गरेपछि प्रदेश सरकारले दप्राडा देवकोटालाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राक स्थायी घर भएका देवकोटा २०४३ सालबाट विश्वविद्यालयको शिक्षण पेसामा आवद्ध छन् ।

देवकोटाले थाइल्यान्डको चियाङ माई विश्वविद्यालयबाट कृषि विज्ञानमा एमएस्सी र न्युजिल्यान्डको मासे विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ प्रदेश सरकार मातहतमा स्थापना गरेको विश्वविद्यालयबाट ८० प्रतिशत प्राविधिक र २० प्रतिशत गैरप्राविधिक जनशक्ति उत्पादन गर्ने नवनियुक्त उपकुलपतिले प्रतिवद्धता व्यक्त गरे ।

विश्वविद्यालयका कुलपति प्राडा गुरुङले विश्वविद्यालयले तत्काल रजिस्ट्रार नियुक्तिको प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

उपकुलपतिलाई सपथ खुवाउँदै मुख्यमन्त्री गुरुङले सिफारिस समितिले सिफारिस गरेको आधारमा नियुक्ति गरिएको र आफूले छुट्टै भेटघाट नगरेको बताए । उनले अनावश्यक रुपमा नेता भेट्ने र राजनीति गर्ने काम नगर्न पनि उपकुलपतिलाई सुझाएका छन् ।

‘अहिलेभन्दा बढी परिणाम दिने गरी काम गर्नुस्,’ उनले भने, ‘यो तपाईंहरुको जागिर हो राजनीति गर्ने थलो होइन । प्रशासनिक, नीतिगत र बजेट सम्बन्धमा सरकारको सहयोग रहनेछ । नत्र विश्वविद्यालय स्वायत्त हो, स्वतन्त्र छ ।’

A Levels MA
Thuprai - Books and E-books