After SEE Portal

सामुदायिक विद्यालयमा निजीका पाठ्यपुस्तक, केन्द्रको मौन समर्थन

Bridge Course

गौतम आधारभूत फूलबारी भरतपुर १५ चितवनमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेको एक दशक भयो । यो विद्यालयले नेपाली, अङ्ग्रेजी र सामाजिक बाँहेक अन्य विषय निजी प्रकाशनको प्रयोग गर्छ ।

काठमाडौंको टोखा नगरपालिकाकाअधिकांश विद्यालयमा माध्यम भाषा अङ्ग्रेजी छ । ती सबै जसो विद्यालयले तीन विषय बाँहेक अन्य विषय निजीकै प्रयोग गर्दै आएका छन् ।

त्यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिकाकाअंङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयले  पनि तीन विषय बाँहेक अन्य विषय निजी प्रकाशनकै प्रयोग गर्छन् ।

त्यसैगरी काठमाडौंका धेरै सामुदायिक विद्यालयमा निजी कै पाठ्यपुस्तक प्रयोग हुन्छ । यी मात्र होइन अङ्ग्रेजी माध्यम भाषा प्रयोग हुने एकाध विद्यालय बाँहेक अन्य विद्यालयमा निजी प्रकाशन गृहका पाठ्यपुस्तक प्रयोग हुन्छ । सरकारले निःशुल्क पाठ्यपुस्तक भने पनि विद्यार्थीले अहिले पनि पाठ्यपुस्तक किनिसकेका छन् ।

टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतम केही विद्यालयमा निजी प्रकशन गृहका पाठ्यपुस्त प्रयोग गर्दै आएको बताउँछन् ।

नगरपालिकाले पाठ्यपुस्तकका लागि सरकारले प्रदान गरेको अनुदान विद्यार्थीलाई नै प्रदान गर्ने गरेको बताउँछन् । तर अभिभावक भने हरेक कक्षाको तीन विषय बाँहेक अन्य पाठ्यपुस्तक किन्नु परेको बताउँछन् ।

ठाकुरबाबा नगरपालिकाले नेपाली, अङ्ग्रेजी र सामाजिक विषय बाँहेक अन्य विषयका पाठ्यपुस्तक निजीकै प्रयोग गर्न सार्वजनिक सूचना नै जारी गरेको छ ।

यी त केही उदाहरण मात्रहुन् । माध्यम भाषा अङ्ग्रेजी प्रयोग गर्ने विद्यालयले पाठ्यपुस्तक विद्यार्थीलाई किन्न लगाउने गरेका छन् ।

पालिकाका प्रशासकीय अधिकृत रामहरि रिजालले निजी प्रकाशन गृहका पाठ्यपुस्तक छान्न पाउने अधिकार आफ्नो भएकाले आफैं गर्ने बताए । ‘भयो भयो पर्दैन, त्यो आफैं गर्छौं तपाइहरूले गर्नुपर्दैन ।’ निजी प्रकाशकका पाठ्यपुस्तक किन्न सूचना गर्नु भएको रहेछ भन्ने बितिकै उनले भने, ‘त्यो हाम्रो काम हो ।’

यो त उदाहरण मात्र हो । अहिले अङ्ग्रेजी माध्यम भाषामा कक्षा सञ्चालन गर्ने अधिकांश विद्यालयले गैर कानुनी रुपमा निजी प्रकाशकका पाठ्यपुस्तक प्रयोग गरिरहेका छन् ।यो विषय पाठ्यक्रम विकास केन्द्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि अन्जान भने होइन । सबै विषय थाहा हुँदा हुँदै मन्त्रालय मौन छ । एकातिर निःशुल्क विद्यालय शिक्षा भनेर मन्त्रालय भनिरहन भुल्दैन अर्कोतिर विद्यार्थीलाई भर्ना तथा पाठ्यपुस्तक किन्न लगाएको टुलुटुलु हेरेर बसी रहेको छ ।

अहिले विद्यालय तथा पालिकालाई सरकारी पाठ्यपुस्तक किन्न पाइएन भन्ने गुनोसो गर्नु पर्ने अवस्था नरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जानकारी दियो । जनक शिक्षाका अनुसार कक्षा कक्षा ५ देखि १० सम्मका अंग्रेजी माध्यमका प्रति विषय एक लाखका दरले १० लाख पाठ्यपुस्तक बजारमा पठाएको छ । जनक शिक्षाले अङ्ग्रेजी माध्यमका अन्य पाठ्यपुस्तकको माग आए तत्काल छापेर सम्बन्धित पालिकमा पठाउन सक्ने तयारी अवस्थामा रहेको सूचना अधिकारी रविन्द्र कुमार शर्माले बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले माध्यम भाषा परिर्वतन गर्ने अधिकार विद्यालयको भएको हुँदा कति विद्यालयमा माध्यम भाषा अङ्ग्रेजी छ त्यसको रेकर्ड नभएको जानकारी दिए । ‘माध्यम भाषा परिवर्तन विद्यालय जुनसुकै बेला गर्न सक्छन् ।’ उनले भने, ‘दुई वा सो भन्दा बढी भाषामा विद्यालयलाई पढाउन पाउने अधिकार काुननले नै प्रदान गरेको छ, परीक्षणका रुपमा केही महिना वा दिन एउटा भाषामा पढाएर पुनः अर्को भाषामा पढाउन पाउन अधिकार विद्यालयलाई छ , त्यसका लागि कहीँबाट अनुमति लिनु पर्दैन ।’

विद्यमान कानुन तथा पाठ्यक्रम प्रारुप, २०७६ अनुसार सामुदायिक विद्यालयले सन्दर्भ तथा सहयोगी सामग्रीका रुपमा मात्र निजी प्रकाशकका पाठ्यसामग्री प्रयोग गर्न पाउने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालले बताए । उनले केन्द्रले तयार पारेर जनक शिक्षाले छापेको पाठ्यपुस्तकको गुणस्तर राम्रो भएका जानकारी दिए । ‘सामुदायिक विद्यालयले निजी प्रकाशकका सहयोगी पाठ्य सामग्री मात्र प्रयोग गर्न पाउँछन् ।’ उनले भने, ‘शिक्षा ऐन, निर्देशिका, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐनले तोकेभन्दा बाहिर गएको पाइएमा हामी कारबाही गर्छौं ।’

A Levels MA