Bachelors Portal

निजी विद्यालय सञ्चालकहरूले सबै तहमा ज्ञापन पत्र बुझाए

Managed Admission 2022

निजी शैक्षिक संस्थाका छाता संगठनले आज देशभरका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापन पत्र बुझाएका छन् ।

मन्त्रीपरिषद्बाट स्विकृत भइ दफावार छलफलका लागि संघीय संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि आपत्ति जनाउँदै   निजी विद्यालय सञ्चालकहरूले ज्ञापनपत्र बुझाएका हुन् ।

प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा हिजो सार्वजनिक गरेको कार्यक्रम अनुसार आज सबै निकायमा ज्ञापन पत्र बुझाएको प्याब्सन केन्द्रीय समितिले जानकारी दियो ।

निजी विद्यालय सञ्चालकले भोलि माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने,  २६ गते सरोकारवाला पक्षहरु सगँ छलफल गर्ने , साउन २७ गते आ आफना संगठनहरुमा समीक्षा बैठक गर्ने, साउन २८ गते देखि देशभरकै निजी शैक्षिक संस्था अनिश्चितकालीन बन्द गर्न घोषणा गरेका छन् ।

तयस्तै भदौ १ गते अनिश्चितकालीन निजी शैक्षिक संस्था बन्दको कार्यक्रमलाई निरन्तरता दिँदै विद्यालयका सवारी साधनहरू सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणा गरेका छन् ।

यद्यपि सो विधेयक संसदमा छलफलका लागि भने पुगी सकेको छैन ।

Select college / campus