Bachelors Portal

शैक्षिक परामर्श सेवा दिँदा नेपाली कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने

Managed Admission 2022

शैक्षिक परामर्श सेवा प्रदान गर्दा नेपाली विश्वविद्यालयका कार्यक्रम र अवसरका बारेमा पनि चर्चा गर्नु पर्ने भएको छ ।

शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्वतयारी कक्षा सञ्चालन गर्न सर्त पालना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरूलाई परामर्श सेवा उपलब्ध गराउँदा र शैक्षिक मेला आयोजना गर्दा अनिवार्य पालना गर्ने गरी मन्त्रालयले तीन शर्त अघि सारेको हो ।

मन्त्रालयले नेपालका विश्वविद्यालय तथा  विश्वविद्यालयमा सञ्चालन भएका कार्यक्रम र  अवसरहरूको बारेमा परामर्श सेवा उपलब्ध गराउनुपर्ने  निर्देशन दिएको छ ।

मेला सञ्चालनको अनुमति माग गर्दा निर्देशिकाले तोकेको प्रावधानका अतिरिक्त विगत एक वर्षमा परामर्श सेवाबाट विदेशी विश्वविद्यालयमा गएका विद्यार्थीहरूको पूर्ण विवरण पेस गर्नसमेत दिर्नेशन दिएको छ ।

शैक्षिक मेला आयोजना गर्दा नवीकरण भएका वा मन्त्रालयमा नवीकरणका लागि प्रक्रिया पूरा गरेका संस्थाहरूमात्र सहभागी गराउने मन्त्रालयले प्रस्ट पारेको छ । परामर्श सेवामार्फत वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरू कुनै पनि समस्यामा परेको प्रामाणिक उजुरी प्राप्त भएमा मन्त्रालयबाट प्रदान गरिएको स्वीकृति तुरुन्त रद्द मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

 

Thuprai - Books and E-books
Select college / campus