After SEE Portal

वातावरण शिक्षामा जोड

Bridge Course

ललितपुुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले काठमाडौँमा बढ्दै गएको धुवाँ, धुलो, फोहर र वायु प्रदूषण नियन्त्रणका लागि जनचेतना फैलाउन उपत्यकाका हरेक विद्यालयले वातावरण शिक्षालाई अनिवार्य गर्नुपर्ने बताउनुभएको छ ।

‘स्वच्छ वायु, स्वच्छ जीवन’ नाराका साथ ललितपुरमा आज राष्ट्रिय प्रकृति संरक्षण कोष र सदर चिडियाखानाको संयोजनमा ललितपुर महानगरपालिका, विश्व वन्यजन्तु कोष, आइयुसिएन, जेडएसएल तथा नेपाल पक्षी संरक्षण सङ्घ र उपत्यकाका बालबालिकाले संयुक्तरुपमा निकालेको ¥यालीपछि उहाँले हरेक स्थानीय तहले पाठ्यक्रममा वातावरण शिक्षामा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

“विद्युतीय सवारी साधन सञ्चालन गरी ध्वनि प्रदूषण नियन्त्रणका लागि गत आवदेखि बजेट विनियोजन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । ¥यालीमा काठमाडौँ उपत्यकाका ५२ विद्यालयका विद्यार्थी सहभागी भएको चिडियाखाना जावलाखेलका आयोजना व्यवस्थापक डा चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । सदर चिडियाखानाले चिडियाखानाको साथी (फ्रेन्ड्स अफ जु) कार्यक्रममा नतिजा प्राप्त गर्न सफल ५८ बालबालिकालाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कार प्रदान गर्नुभयो ।

“सिर्जनशील प्रतिभा भएका बालबालिकालाई पुरस्कार वितरण गर्नु प्रेरणादायी समाजमा जागरण ल्याउनु हो”, जोशीले भन्नुभयो । उच्च पदमा रहेका व्यक्तिले देशमा मनपरी गर्दै जाँदा दुई पोखरी भएको स्थान मासेर हाल दशरथ रङ्गशाला, सुन्धारा मासेर कर्मचारी सञ्चय कोषको भवन तथा विसं १९९० मा भूकम्प जाँदा हजाराँै मानिसले शरण लिएको स्थान मासेर टुँडिखेल निर्माण गरिएकामा उहाँले गुनासो गर्नुभयो । “सफा कलकल पानी बग्ने वाग्मती मासिएर फोहरमती भएकाले यसलाई जोगाउन सबै लाग्नुपर्छ”, जोशीले भन्नुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम निर्देशक सरिता ज्ञवालीले वातावरण संरक्षणमा हरेक उमेर समूहका व्यक्तिले योगदान दिनुपर्ने बताउनुभयो । ‘फ्रेन्ड्स अफ जु टिचर कम्युनिटी’ संस्थाका अध्यक्ष दामोदर दाहालले वातावरण केन्द्र स्थापना गर्नुका साथै थप अनुसन्धानमा जोड्नुपर्ने बताउनुभयो । “हाल एफओजेटमा झण्डै एक लाख सदस्य छन्”, दाहालले भन्नुभयो ।

A Levels MA