CMAT

प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गरिने

Bachelors Portal

सार्वजनिक विद्यालयमा प्रधानाध्यापक छनोट प्रतिस्पर्धाका आधारमा गर्ने गरी संघीय संसद्मा विधेयक दर्ता भएको छ ।

आज संघीय संसद सचिवालयमा दर्ता गरिएको ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा छनोट समितिले प्रधानाध्यापक छान्ने उल्लेख गरिएको छ ।

प्रधानाध्यापकको छनोटका लागि जिल्ला शिक्षा कार्यालयको प्रमुख, सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा शिक्षा शाखाको प्रमुख र शिक्षा कार्यालयले तोकेको शिक्षाविद् रहेको एक छनोट समिति रहनेछ । छनोट समितिका सदस्यमध्ये वरिष्ठ कर्मचारीले छनोट समितिको संयोजक भई काम गर्ने विधेयकमा उल्ेख छ ।

छनोट समितिले प्रधानाध्यापकको छनोट गर्दा देहाय बमोजिमका शिक्षकहरुमध्येबाट विद्यालय सञ्चालन तथा शैक्षिक गुणस्तर सुधार योजना समेतमा प्रस्तुति गर्न लगाई खुला प्रतिस्पर्धाका आधारमा छनोट गर्नु पर्ने उल्लेख छ ।

माध्यमिक विद्यालयको प्रधानाध्यापकको हकमा सम्बन्धित स्थानीय तहभित्रका माध्यमिक तहमा अध्यापन गर्ने स्थायी शिक्षकहरुमध्येबाट, र आधारभूत विद्यालयको प्रधानाध्यापकको हकमा सम्बन्धित स्थानीय तहभित्रका आधारभूत तहमा अध्यापन गर्ने स्थायी शिक्षकहरुमध्येबाट प्रतिपर्धा गराइने उल्लेख गरेको छ ।

छनोट समितिले छनोट गरेको शिक्षकलाई स्थानीय तहले प्रधानाध्यापकमा तोक्ने व्यवस्था हुने विधेयका उल्लेख छ ।

Thuprai - Books and E-books
I Tech store