शिक्षक सेवा आयोगले गत चैत ९ गते प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि कुल ६ हजार १३ पदमा विज्ञापन गर्यो । सो विज्ञापनलाई चैत ३० गते संशोधन गर्दै कुल ७ हजार ८८२ रिक्त शिक्षक पदमा आवेदन माग्यो । परीक्षामा १ लाख १० हजार ७४९ जनाले आवेदन दिएको भए पनि सामान्य परीक्षामा १ लाख ३४४ जना सहभागी भएका थिए ।
आयोगले जेठ २० गते विषयगत अन्तर्गत सामान्य परीक्षा सञ्चालन गर्यो । सो परीक्षाको नतिजा गत असार १ गते सार्वजनिक गरेको थियो । सो नतिजाबाट १६ हजार ७०२ जना विषयगत लिखित परीक्षाका लागि छनोट भए ।
आयोगले लिएको सामान्य परीक्षामा सुदुर पश्चिम प्रदेशबाट विषयगत (सामान्य) परीक्षामा १० हजार १९९ सहभागी भएका मध्ये १ हजार ४३२ जना मात्र उत्तीर्ण भएका थिए । त्यस्तै कर्णाली प्रदेशबाट ९ हजार ३९२ जना परीक्षामा सहभागीका भएका मध्ये १ हजार ४७० पास भएका थिए ।
त्यसैगरी लुम्बिनी प्रदेशबाट १४ हजार ६६७ जना लिखित परीक्षामा सहभागी मध्ये २ हजार ६२३ जना पास भएका थिए । त्यसैगरी गण्डकी प्रदेशबाट १७ हजार ४४ जना सहभागी भएका मध्ये ३ हजार ८०० पास भएका थिए । त्यस्तै बागमती प्रदेशबाट १७ हजार २८७ जना सहभागी भएका मध्ये ३ हजार ९९ जना ,मधेश प्रदेशबाट १४ हजार २७० जना सहभागी भएका मध्ये २ हजार २०२ मात्र पास भएका थिए । त्यसैगरी कोशी प्रदेशबाट सामान्य परीक्षामा १७ हजार ४८५ जना उम्मेदवार सहभागी भएका मध्ये ३ हजार ७६ जना मात्र उत्तीर्ण भएका थिए ।
सामान्य परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएपछि आयोग सामाजिक सञ्जालमार्फत चर्को आलोचनाको सिकार भयो । तर आलोचकले शिक्षक नयाँ नयाँ ज्ञान, कौसल र नवपरिवर्तनमा अद्यावधिक हुनु पर्छ भन्ने बिर्षएर आलोचना गरे । आलोचना गर्ने पहिलो पङ्तिमा देखिए विश्वविद्यालयमा लामो समय पढाएर सेवा निवृत्त भएका शिक्षक प्राध्याक । आलोचना गरिरहँदा आफ्नै उत्पादनमा औंला ठड्डिइरहेको बिर्सिएर आलोचना गरिरहेकाछन् । फेरी आयोगले विषयगत लिखित परीक्षाका लागि छनोटमा परेको उम्मेदवारको विषयगत परीक्षा लियो । विषयगत परीक्षामा पनि अधिकांश जिल्लामा माग अनुसारका उम्मेदवार अन्तर्वार्ताका लागि सिफारिस हुन सकेका छैनन् ।
आयोगले गत असोज १३ गते लिएको विषयगत परीक्षाको सबै जिल्लाको नतिजा सार्वजनिक गरेको छ । तर नतिजा भने अधिकांश जिल्लाको सन्तोषजनक छैन ।
जिल्ला |
माग |
सम्मिलित |
उत्तीर्ण |
कम |
बढी |
ललितपुर |
५ | ६ | ५ | ||
चितवन |
१२९ | २०६ | ९५ | ३४ | |
मुस्ताङ |
२५ | १०० | ३४ | ९ | |
म्याग्दी |
४१ | ५७ | ३८ | ३ | |
बाँके |
३० | ६४ | ३८ | ८ | |
काभ्रेपलाञ्चोक |
६५ | ४९ | २५ | ४० | |
भक्तपुर |
१२२ | ५७० | १३८ | १६ | |
कास्की |
१६५ | २३७ | १४० | २५ | |
पर्वत |
४६ | ४४ | २८ | १८ | |
कपिलवस्तु |
४२ | ८३ | ५० | ८ | |
सिन्धुपाल्चोक |
१११ | १५१ | ११२ | १ | |
मकावनपुर |
६४ | ६३ | ३९ | २५ | |
नवलपरासीपूर्व |
२३० | ७९१ | २७८ | ४८ | |
दाङ |
८८ | २८९ | ९९ | ११ | |
सूर्खेत |
६९ | ७६ | ६३ | ६ | |
इलाम |
१८८ | ४२९ | २०९ | २१ | |
रामेछाप |
१५७ | ३५० | १८० | २३ | |
लम्जुङ |
२५५ | ७९८ | ३१० | ५५ | |
बर्दिया |
३५ | ७५ | ३८ | ३ | |
रुकुम पश्चिम |
२८ | ४२ | २८ | ||
बाजुरा |
२७ | १० | ९ | १८ | |
धादिङ |
१३२ | ३५२ | १४९ | १७ | |
रसुवा |
५१ | ५४ | २५ | २६ | |
गोरखा |
२६५ | ६२५ | ३०८ | ४३ | |
नवलपरासी पश्चिम |
८६ | १५४ | ९२ | ६ | |
जारजरकोट |
४८ | ४० | ३६ | १२ | |
अछाम |
९७ | ३३८ | ११९ | २२ | |
ओखलढुङ्गा |
१४७ | १५८ | ९३ | ५४ | |
सिन्धुली |
२५७ | ६७१ | २९४ | ३७ | |
तनहुँ |
१३६ | ३०३ | १५६ | २० | |
रुकुम-पूर्व |
३० | २८ | १७ | १३ | |
जुम्ला |
४१ | ८० | ४७ | ६ | |
दार्चुला |
१०२ | ४४० | १२६ | २४ | |
उदयपुर |
१२५ | २०९ | १११ | १४ | |
धनुषा |
५७ | ३२ | १७ | ४० | |
नुवाकोट |
१४० | २६३ | १२९ | ११ | |
बागलुङ |
२३० | ५०७ | २७० | ४० | |
पाल्पा |
१३१ | २५८ | १२७ | ४ | |
डोल्पा |
५३ | १०२ | ६० | ७ | |
संखुवासभा |
१७३ | ४६५ | १६३ | १० | |
दोलखा |
१५६ | २१३ | १४१ | १५ | |
स्याङ्जा |
१४० | १६८ | १३५ | ५ | |
रुपन्देही |
१३१ | १४० | १५९ | २८ | |
बैतडी |
७८ | २०६ | ९१ | १३ | |
भोजपुर |
११५ | १८६ | १०९ | ६ | |
पर्सा |
१८२ | ३७८ | २११ | २९ | |
प्युठान |
८५ | २४० | ९९ | १४ | |
मुगु |
७२ | ३३८ | ९५ | २३ | |
कैलाली |
२९ | ८४ | ३७ | ८ | |
खोटाङ |
९२ | ११० | ७८ | १४ | |
बारा |
२६५ | ३३२ | १९८ | ३३ | |
मनाङ |
४ | २ | २ | २ | |
अर्घाखाँची |
३४ | २७ | २३ | ११ | |
रोल्पा |
९५ | ३४५ | १२० | २५ | |
हुम्ला |
४८ | १७५ | ६२ | १४ | |
धनकुटा |
१२५ | २५२ | १४२ | १७ | |
डोटी |
६८ | १४९ | ७७ | ९ | |
सप्तरी |
१३० | १७८ | १३४ | ४ | |
तेह्रथुम |
६९ | ५६ | ३७ | ३२ | |
ताप्लेजुङ |
१२० | १०५ | ७९ | ४१ | |
झापा |
१२८ | ३०२ | १०९ | १९ | |
सर्लाही |
१८३ | ५५९ | २२१ | ३८ | |
गुल्मी |
१९९ | ५६७ | २०७ | ८ | |
कालिकोट |
५२ | १३७ | ६३ | ११ | |
कन्चनपुर |
३२ | ५२ | ३८ | ६ | |
मोरङ |
११० | १७२ | ७३ | ३७ | |
रौतहट |
१४५ | २४७ | १५७ | १२ | |
बझाङ |
४५ | ५९ | ४७ | २ | |
सोलुखुम्बु |
१२१ | ८६ | ५१ | ७० | |
महोत्तरी |
१६० | २३६ | १३५ | २५ | |
सल्यान |
८७ | १९८ | ९३ | ६ | |
डडेल्धुरा |
३६ | ४३ | ३५ | १ | |
सिराहा |
११५ | १८३ | १०० | १५ | |
पाँचथर |
१७३ | ३६२ | १५४ | १९ | |
सुनसरी |
६० | ९६ | ४४ | १६ | |
दैलेख |
८२ | २१८ | १०१ | १९ |
स्रोतः आयोगको विभिन्न मितिमा प्रकाशित नतिजा
प्रकाशित नतिजा अनुसार अन्तर्वार्ताका लागि जम्मा ७ हजार २७१ जना प्रतियोगी मात्रै छनोट भएका छन् । रिक्त दरबन्दीभन्दा ६८३ कम उत्तीर्ण भएका छन् ।
७६ मध्ये ३८ जिल्लामा मागभन्दा केही बढी उत्तीर्ण भएका छन् भने दुई जिल्लामा रिक्त दरबन्दी संख्या जति नै उत्तीर्ण भएका छन् । अन्य जिल्लामा भने कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।
प्रदेशगत रुपमा कोशीमा इलाम र धनकुटामा मात्र माग संख्या अनुसार परीक्षार्थी उतीर्ण भएका छन् ।सबैभन्दा बढी सोलुखुम्बुमा ७०, ओखलढुंगामा ५४, मोरङमा ३७ जना कम परीक्षार्थी उतीर्ण भएका छन् ।
मधेशमा सर्लाही, बारा, पर्सा र सप्तरीमा मात्र मागअनुसार शिक्षक उत्तीर्ण भएका छन् । लिखित परीक्षामा माग गरेभन्दा धनुषामा ४०, सिरहामा १५, महोत्तरीमा २५ र रौतहटमा १३ जना कम परीक्षार्थी उतीर्ण भएका छन् ।
बागमतीकामा कुल १ हजार ३३२ शिक्षक माग गरेकामा १५३ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् । दोलखामा १८, नुवाकोटमा ११, काभ्रेपलाञ्चोकमा ४०, चितवनमा ३ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् । सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुरमा मात्र माग अनुसार परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गण्डकीमा बाग्लुङ, तनहुँ, गोरखा, नवलपरासी, लमजुङ र मुस्ताङमा माग अनुसार परीक्षार्थी पास भएका छन् । कास्कीमा २५ र पर्वतमा १८ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् ।
लुम्बिनीमा अर्घाखाँचीमा ११, पाल्पामा ४, रुकुमपूर्वमा १७ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् । कर्णालीमा सुर्खेतबाहेक अन्य जिल्लाले माग अनुसार शिक्षक पाउने देखिएको छ । सुर्खेतमा ६९ जना माग भएकामा ६३ जना उतीर्ण भएका छन् ।
सुदूरपश्चिमको बाजुरामा १८ र डडेलधुरामा १ जना कम परीक्षार्थी उतीर्ण भएका छन् । अरु जिल्लामा भने माग अनुसार परीक्षार्थी उतीर्ण भएका छन् ।
ललितपुर, चितवन, मुस्ताङ, म्याग्दी र बाँके जिल्लाको लिखित परीक्षाको नतिजा
काभ्रेपलान्चोक, भक्तपुर, कास्की, पर्वत र कपिलवस्तु जिल्लाको लिखित परीक्षाको नतिजा
सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी पूर्व, दाङ र सुर्खेत जिल्लाको लिखित परीक्षाको नतिजा
इलाम, रामेछाप, लमजुङ, बर्दिया, रुकुम पश्चिम र बाजुरा जिल्लाको लिखित परीक्षाको नतिजा
धादिङ, रसुवा, गोरखा, नवलपरासी पश्चिम, जाजरकोट र अछाम जिल्लाको लिखित परीक्षाको नतिजा
ओखलढ्ङ्गा, सिन्धुली, तनहुँ, रुकुमपूर्व, जुम्ला र दार्चुला जिल्लाको लिखित परीक्षाको नतिजा
उदयपुर, धनुषा, नुवाकोट, बागलुङ, पाल्पा र डोल्पा जिल्लाको लिखित परीक्षाको नतिजा
संखुवासभा, दोलखा, स्याङजा, रुपन्देही र बैतडी जिल्लाको लिखित परीक्षाको नतिजा
भोजपुर, पर्सा, प्युठान, मुगु र कैलाली जिल्लाको लिखित परीक्षाको नतिजा
खोटाङ, बारा, मनाङ, अर्घाखाँची र रोल्पा जिल्लाको लिखित परीक्षाको नतिजा
धनकुटा, सप्तरी, हुम्ला र डोटी जिल्लाको लिखित परीक्षाको नतिजा
तेह्रथुम, ताप्लेजुङ र झापा जिल्लाको लिखित परीक्षाको नतिजा
गुल्मी, कालिकोट र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा
मोरङ, रौतहट र बझाङ जिल्लाको लिखित परीक्षाको नतिजा
सोलुखुम्बु, महोत्तरी, सल्यान र डडेलधुरा जिल्लाको लिखित परीक्षाको नतिजा
पाँचथर, सुनसरी, सिराहा र दैलेख जिल्लाको लिखित परीक्षाको नतिजा