After SEE Portal

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राडा जोशी

Bridge Course

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमा प्राडा भारती जोशी र सदस्यमा प्राडा रामेश्वर अधिकारी नियुक्त भएकी छिन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा गठित छनोट समितिले प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आयोगका पदाधिकारी नियुत्त गरेका हुन् ।

विश्वविद्यालयले अध्यक्ष तथा सदस्यलाई आज एक कार्यक्रम गरी स्वागत तथा पदभार ग्रहण गरेको विश्वविद्यालयका कुलपति प्राडा नन्दबहादुर सिंहले जानकारी दिए ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै आयोगले विश्वविद्यालयलाई जीवन्तता दिने हुँदा व्यवसायिक धर्म निर्वाह गरेर विश्वविद्यालयलाई २१ औं शताब्दिको विश्वविद्यालय बनाउन योगदान गर्ने विश्वास व्यक्त गरे । ‘धर्म, जात, राजनीतिले आफूलाई प्रभाव पार्न सक्दैन ।’ उपकुलपति सिंहले भने, ‘विश्वविद्यालयको मानवसंशाधन परिचालन गर्न राजनीति र दवाव नभई पेसागत धर्म निर्वाह गरेर बुद्धिको प्रयोग गर्ने छ,मृत्युदण्ड स्वीकार छ तर भ्रष्टचार स्वीकार गर्दिन, सबैलाई भय मुक्त भएर यो विश्वविद्यालय उदाहरणीय बनाएर देखाउन आग्रह् गर्छु  ।’

A Levels MA
Thuprai - Books and E-books