CMAT

इडियुसञ्जाल महिना व्यत्तित्वद्वारा प्राडा गिरि सम्मानित

Bachelors Portal

इडियुसञ्जाल महिना व्यत्तित्वद्वारा यो महिना चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरि सम्मानित भएका छन् । इडियुसञ्जालले जनवरी २०२१ देखि प्रदान गर्दै आएको महिना व्यक्तित्वमा यो महिना उपाध्यक्ष प्राडा गिरि पर्न सफल भएका हुन् ।

इडियुसञ्जालले उपाध्यक्ष प्राडा गिरि चिकित्सा शिक्षामा गरेको योगदानको कदर गर्दै एक कार्यक्रमका बिच आज सम्मान पत्र र चिनो हस्तान्तरण गरेको छ । यहि हप्ता प्राडा गिरीको नेतृत्वमा चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षा सफलतापुर्वक सम्पन्न गरेको र चिकित्सा शिक्षामा उनको उल्लेख्य योगदान भएको कारण सो सम्मान गरिएको कार्यक्रम संयोजक तथा इडियुसञ्जालका प्रमुख वित्त अधिकृत राजन कोइरालाले बताए । 

इडियुसञ्जालले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति मध्ये एक जनालाई प्रत्येक महिना सम्मान गर्दै आएको छ। शिक्षक, नीतिनिर्माता वा शिक्षासँग सम्बन्धित अन्य व्यक्तित्वहरूको कार्य मूल्याङ्कन गरी शिक्षामा उत्कृष्ट योगदान दिएका व्यक्तिलाई सो सम्मान दिइँदै आएको इडियुसञ्जालले जानकारी दियो ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका वर्तमान उपाध्यक्ष प्राडा गिरि यसअघि वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुन् । उपाध्यक्ष प्राडा गिरि आयोगको उपाध्यक्ष हुनु अघि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत थिए । त्यसअघि उनले नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को रेक्टरको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी चिकित्सा शिक्षा ऐनअनुसार शुल्क निर्धारण समितिको सदस्यसमेत थिए ।

उनी आयोगमा आएपछि सर्वत्र विवादमा घेरिएको चिकित्सा शिक्षाको शुल्क अनुगम तथा नियमनमा क्रियाशील छन् । उनले आयोग सम्हालेसंगै चिकित्सा शिक्षाको भर्नामा देखिएको अनियमितता नियन्त्रणका लागि स्नातक तहमा एकीकृत प्रवेश परीक्षा, कलेज छनोटमा पारदर्शिता लगायतका उल्लेखनीय कार्य गरेका छन् ।

Thuprai - Books and E-books
I Tech store