After SEE Portal

लोकसेवाका लिखित परीक्षा स्थगन

Bridge Course

लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको छ । आयोगले आज सूचना जारी गरी आयोगका कर्मचारीमा कोभिड–१९ सङ्क्रण देखिएकाले यही माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेगरी निर्धारण गरिएका परीक्षा स्थगन भएको जनाएको हो ।

लिखित परीक्षाबाहेकका पूर्वनिर्धारित कार्य यथावतरूपमा सञ्चालन हुने निर्णय भएको आयोगले सूचनामा जनाएको छ ।

A Levels MA
Thuprai - Books and E-books