After SEE Portal

विद्यार्थीको हात ब्लेडले चिर्न लगाउने महिला शिक्षक पक्राउ

Bridge Course

विद्यार्थीको हात काट्न लगाउने शिक्षिका बखास्त । प्रहरीले अनुसन्धान अघि बढायो । 

निरीक्षक लामाका अनुसार  शिक्षक  कर्माचार्यलाई सोधपुछ गर्दै अनुसन्धान भइरहेको छ । उनले भनिन्, हामीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं । अनुसन्धान जारी छ ।’

काठमाडौँको जडिबुटीस्थित जागृति एकेडेमीमा कार्यरत शिक्षिकाले थोरै नम्बर उने विद्यार्थीलाई आफ्नै हात ब्लेडले चिर्न लगाएर निर्मम सजाय दिएको उजुरी परेपछि शिक्षकलाई सोधपुछ गरेको छ । 

 प्रहरी वृत्त कोटेश्वरका प्रहरी निरीक्षक शुभद्रा लामाका अनुसार शिक्षक सीतालक्ष्मी कर्माचार्यले आफ्नै विद्यार्थीलाई हात चिर्न लगाएको उजुरीपरेपछि सुधपुछ गरिएको हो ।  उनले भनिन्, हामीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं । अनुसन्धान जारी छ ।’ 

यसैबीच जागृति एकेडेमीले महिला शिक्षक कर्माचार्यलाई बर्खास्त गरेको छ । सामाजिक शिक्षाको परीक्षामा कम नम्बर ल्याएको भन्दै विगत १२ वर्षदेखि अध्यापनरत महिला शिक्षक सीतालक्ष्मी कर्माचार्यले गएको हप्ता कक्षा ६ र ७ मा अध्ययनरत ३० भन्दा बढी विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएको आरोप लागेको छ ।

राम्रो नम्बर नल्याउने विद्यार्थीलाई ती शिक्षकले पेन्सिल सार्पनरको ब्लेडले नाडीमा काट्न लगाएकी थिइन् । २० पूर्णाकं मध्ये १५ अंकभन्दा कम ल्याउने विद्यार्थीलाई ती शिक्षकले हात काट्न लगाएकी हुन् ।

A Levels MA
Thuprai - Books and E-books