After SEE Portal

एक वर्ष देखि रिक्त पोखरा विश्वविद्यालयले उपकुलपति पायो

Bridge Course

पदाधिकारी विहीनपोखरा विश्वविद्यालयमा प्राडा प्रेमनारायण अर्याललाई सरकारले उपकुलपति पदमा नियुक्त गरेको छ । करिब एक वर्ष अगाडिदेखि रिक्त रहेको सो पदमा विश्वविद्यालयका कुलपति केपि शर्मा ओलीले नियुक्त गरेका हुन् ।

तस्वीरः अर्यालको फेसबुक पेजबाट

पोखरा विश्वविद्यालय ऐन २०५३ बमोजिम विश्वविद्यालयको रिक्त रहेको उपकुलपति पदमा प्राडा अर्याललाई आजदेखि लागु हुने गरी चार वर्षका लागि नियुक्त गरेको विश्वविदालयले जानकारी दियो ।

नवनियुक्त उपकुलपति प्राडा अर्यालले आगामी आइतबार सार्वजनिक कार्यक्रम्का विच पदभार ग्रहण गर्ने विश्वविद्यालयको केन्द्रीय कार्यालयले जनकारी दियो ।

लामो समयदेखि विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रार, परीक्षा नियन्त्रक पद रिक्त रहेको थियो । विश्वविद्यालय पदाधीकारी विहीनहुँदा प्रशासनिक तथा शैक्षिक कार्यक्रम प्रभावित हुँदै आएको थियो ।

A Levels MA
Thuprai - Books and E-books