After SEE Portal

प्रधानाध्यापक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै पोखरा महानगरपालिका

Bridge Course

पोखरा महानगरपालिकाले प्रधानाध्यापकको प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।

अधिकांश संघीय बजेटले सम्बोधन गरेका कार्यक्रममा बजेट थप गरेको महानगरले  प्रधानाध्यापकको प्रोत्साहन कार्यक्रम र विद्यार्थीको दिवा खाजा रकम थप गर्न आगामी वर्षको बजेटमा रु. चार करोड ६५ लाख बजेट विनियोजन गरेको हो ।

संघीय सरकारले तल्लो तहका विद्यार्थीलाई खाजाबापत दैनिक दिँदै आएको रु. १५ मा महानगरले रु. १० थपी २५ रुपियाँ जनही पुर्याउने भएको छ ।  गण्डकी बहुप्राविधिक शिक्षालयको पूर्वाधार विकास र शैक्षिक कार्यक्रम सञ्चालनका लागि तीन करोड ३३ लाख बजेट छुट्टाइएको छ ।

कक्षा ६ देखि १२ सम्मका छात्रका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन एक करोड ६३ लाख विनियोजन गरिएको छ । महानगरमा स्रोत शिक्षा, खेलकुद, युवा र प्राज्ञ प्रतिष्ठानसम्बन्धी कार्यक्रमका लागि १८ करोड बजेट छुट्टाइएको छ ।

शिक्षा तर्फः

१७. सामुदायिक विद्यालयहरुको समग्र व्यवस्थापनमा सुधार ल्याई शिक्षाको गुणस्तर वृद्धि गर्न प्रध्यानाध्यापकहरुलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन र विद्यार्थीको दिवा खाजाको लागि नेपाल सरकरले प्रदान गरेको प्रति विधार्थी प्रतिदिन रु १५ मा महानगरबाट रु १० थप गरि प्रतिदिन २५ पुर्याउनका लागि रु. ४ करोड ६५ लाख विनियोजन गरेको छु ।

५८. महानगरबाट संचालित गण्डकी बहुप्राविधिक शिक्षालयले उत्कृष्ट नतिजा हासिल गरिरहेको छ । सो शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि रु ३ करोड ३३ लाख छुट्याइएको छ ।

१९. शिक्षातर्फ छरिएर रहेको साधन स्रोतलाई एकीकृत गर्दै विद्यालयमा पहुँच एव गुणस्तर वृद्धि गर्न र बृहत विद्यालय सञ्चालन गर्न विद्यालय नक्सांकन एवं विद्यालय मर्जरका लागि कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

२०. बालविकास केन्द्र सहयोगी कार्यकर्ता, विद्यालय सहयोगी र विद्यालय कर्मचारीहरुका लागि तलब भत्ता अनुदान तर्फ रु. ४ करोड ६५ लाख विनियोजन गरिएको छ ।

२१. शिक्षकहरुको दैनिक शिक्षण सिकाई क्रियाकलापको व्यावहारिक समस्या समाधान गर्ने गरी छोटो अवधिमा तालिम सञ्चालन गर्न रकम विनियोजन गरिएको छ ।

२२. बालबालिका देशका भावी विकास र संवृद्धिका लागि योग्य नागरिक हुन । विद्यालयको प्रारम्भिक खुड्किलोको रुपमा रहेको बालबिकास केन्द्रको सवलीकरण भएमा योग्य मानव संशाधन उत्पादन हुने निश्चित छ । बालबिकास केन्द्रका लागि रु ४० लाख विनियोजन गरिएको छ ।

२३. महिला शिक्षकहरुको प्रसुती विदामा दैनिक शिक्षण सिकाई प्रभावित हुने भएकाले सोको समाधानका लागि सट्टा शिक्षक व्यवस्थापन गर्न आवश्यक रकम विनियोजन गरिएकोछ । २४. महानगरको कला, संस्कृति, साहित्य, संगीत तथा प्राज्ञिक क्षेत्रमा क्रियाशील महानगरस्तरको पोखरा प्रज्ञा प्रतिष्ठानलाई साधन स्रोत सम्पन्न बनाई प्राज्ञिक उत्कृष्ट केन्द्रका रुपमा विकास गरिनेछ ।

२५. खेलकुदको प्रवर्द्धन र विकासका लागि विद्यालय तहदेखि राष्ट्रिय स्तरका प्रतियोगितामा महानगरले सहकार्य र आयोजना गरिरहेको छ। खेलकुद पूर्वाधार र प्रवर्द्धन कार्यका लागि आगामी वर्ष रु. १ करोड २५ लाख विनियोजन गरिएको छ ।

२६. कक्षा ६ देखि १२ सम्मका छात्रहरुका लागि विद्यालयमा उपलब्ध हुने गरी निःशुल्क सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ। यसका लागि रु १ करोड ५३ लाख बजेट व्यवस्था गरिएको छ ।

२७. आगामी वर्ष युवा उद्यमशीलताको विकास एवं आयआर्जन कार्यक्रम सञ्चालन गर्न र वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई लक्षित गरी तालिम उपलब्ध गराउन आवश्यक रकम विनियोजन गरिएको छ ।

२८. आगामी वर्ष उत्कृष्ट खेलाडी छनौट गरी सम्मान गर्न रकम विनियोजन गरिएको छ ।

२९. महानगरमा स्रोत शिक्षा, खेलकूद तथा यूवा र प्रज्ञा प्रतिस्ठान सम्वन्धी कार्यक्रम सञ्चालन गर्न रु. १८ करोड विनियोजन गरिएको छ। यसका लागि आवश्यक संस्थागत प्रवन्ध गरिनेछ ।

A Levels MA
Thuprai - Books and E-books