After SEE Portal

समृद्ध नेपाललाई आवश्यक पर्ने उच्चकोटिका जनशक्ति उत्पादन गर्न त्रिविलाई आग्रह

Bridge Course

काठमाडौँ, २ असोज (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयले समृद्ध नेपालका लागि आवश्यक पर्ने उच्चकोटिको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । 

विश्वविद्यालयसभाको साधारण बैठकलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो शिक्षण विधिलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै संघीय र गणतन्त्रात्मक प्रणालीअनुकूल शैक्षिक प्रणालीमा सुधार आउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले अबको पुस्ताले देश निर्माण नगरेर छुट पाउने अवस्था नरहेकोे बताउँदै भन्नुभयो, “जनताका लागि सबै व्यवस्था र प्रणाली स्थापना गरेका छौँ, त्यस कारण देश बनाउन केहीले रोक्दैन । हामीले अब कसैलाई दोष देखाएर उम्कने ठाउँ छैन ।” 

प्रधानमन्त्री ओलीले शिक्षाबाट ज्ञान मात्र हैन आचरण पनि निर्माण गर्नुपर्ने बताउँदै खस्कँदो नैतिक मूल्यमान्यतालाई पुनजागृत गराउने काममा समेत विश्वविद्यालय शिक्षाको पाठ्यक्रमले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यसैबीच त्रिवि सभाले आर्थिक वर्ष २०७५÷०७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजार बजेट पारित गरेको छ । 

A Levels MA
Thuprai - Books and E-books