After SEE Portal

संस्कृत विश्वविद्यालयमा पिएचडी सुरु

Bridge Course

तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधी पिएचडिको कक्षा सुरु गरेको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधीको कक्षा सञ्चालन गरेको भएपनि केन्द्रीय विश्वविद्यालयमै त्यसको अध्यापन हुने गरेको थिएन ।

विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरेर वुधवारबाट विद्यावारिधीको कक्षा सुरुवात गरेको हो । अनुसन्धान केन्द्रका प्रमुख डा.काशिनाथ न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा उपकुलपति रमेश ढकालले दाङ्गमै विद्यावारिधी सुरु हुनु यस क्षेत्रका लागि गर्वको कुरा भएको वताएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि कुलसचिव माधव अधिकारीले विभिन्न आधा दर्जन विषयमा विद्यावारिधीको अध्यापन सुरु भएको जानकारी दिएका थिए । कार्यक्रममा प्राध्यापक कृष्णचन्द्र शर्माले पिएचडिका वारेमा जानकारी गराएका थिए ।

दाङ्गमै विद्यावारिधीको कक्षा सुरु हुनुले यस क्षेत्रको प्राज्ञिक उन्नयनमा महत्वपूर्ण उपलब्धि हासिल भएको गणितका विद्यार्थी पर्शुराम चौधरीले वताए । उनले लामोसमयदेखि विद्यावारिधी गर्ने आफ्नो सपना पुरा भएको समेत वताए ।

 विश्वविद्यालयमा गणित,राजनीति शास्त्र, अँग्रेजी, नेपाली, अर्थशास्त्र,संस्कृतका विभिन्न विषय र योगचिकित्सामा विद्यावारिधीको अध्ययन हुनेछ । 

A Levels MA