After SEE Portal

दुई संस्थालाई फ्लाइङ स्कुल स्थापनाको अनुमति

Bridge Course

नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् । कार्यविधिमा आवश्यक संशोधन गर्दै दुई फ्लाइङ स्कुललाई अनुमति प्रदान गरिएको हो ।

प्रक्रिया पूरा गरी आउने अन्य संस्थालाई पनि इजाजत प्रदान गरिने पर्यटनमन्त्रीेले उल्लेख गर्नुभएको छ । नेपालमा पाइलट उत्पादन गर्ने संस्था नहुँदा नेपालीले अहिले फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्ष पूरा गर्ने गर्छन् ।

A Levels MA
Thuprai - Books and E-books