A Levels MA

पीसीपीएस कलेजमा आर्टफिशियल इंटेलिजेन्सको कोर्ष सुरू

आर्टफिशियल इंटेलिजेन्स (AI) र मेशिन लर्निङ्ग (ML) मा ज्ञान र सीप भएका जनशक्तीको विश्व भरी नै ठुलो माँग रहेको छ । कृतिम बुद्धिमताले विश्वव्यापी अर्थतन्त्रलाई रुपान्तरीत गर्ने भएको हुनाले AI मा दक्ष जनशक्तीे संसार भरी नै उच्च प्राथमिकतामा पर्ने गरेका छन् । तथ्याकं अनुसार AI मा दक्ष जनशक्तीको मागँ विगत तिन वर्षमा दोब्बर भएकोछ भने रोजगार पोस्टिङ्गहरु ११९% ले वृद्धि भएको छ । भनाइको मतलब यी विषयहरुमा दक्षता हासिल गरेका व्यक्तिहरुले आफुलाई सजिलै बजारमा स्थापित गर्नसक्ने छन् ।

यसै उद्देश्यका साथ पीसीपीएस कलेजले फ्युजमेशिन्सको सहकार्यमा बीएससी (अनर्स) कम्प्युटर साइन्स एवं साफ्टवेयर इन्जीनिरीङ्ग का साथै AI मा माइक्रोडिग्री पनि प्रदान गर्ने गरी नयाँ कार्यत्रम शुरु गरेको हो। आर्टफिशियल इंटेलिजेन्स (AI) को सिकाईकोलागी माइक्रोडिग्री टिएम कार्यक्रम एक तत्वरीक शिक्षण कार्यक्रम हो । 

यो कार्यक्रम अमेरीकाका अग्रणी विश्वविद्यालयहरुका प्राध्यापकहरु र आर्टफिशियल इंटेलिजेन्स (AI) उद्योगमा संलग्न विषेशज्ञहरुद्वारा तयार पारिएको हो ।  मेशिन लर्निङ्ग (ML), डिप लर्निङ्ग (Deep Learning) को मुख्य उद्देश्य स्नातक डिग्रीको साथै आर्टफिशियल इंटेलिजेन्स (AI) मा दक्ष बनाउनु हो । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी (अनर्स) कम्प्युटर साइन्स एवं साफ्टवेयर इन्जीनिरीङ्ग को साथ साथै फ्युजमेशिन्सको आर्टफिशियल इंटेलिजेन्स (AI) मा माइक्रोडिग्री पनि प्राप्त गर्ने छन् । 

माइक्रोडिग्री कोर्ष विश्वव्यापी प्रविधि उद्योगको परिर्वतनशील माग र आवश्यकतालाई ध्यानमा राखेर डिजाईन गरिएको कोर्ष हो, फ्युजमेशिन्सका संस्थापक तथा सिइओ प्रा. डा. समीर मास्के भन्छन, नेपाल र विश्वभर एआई ईन्जिनियरहरुको बढ्दो मागँ पुरा गर्नाको लागि  कलेज र  विश्व विद्यालयहरुले एआई कोर्ष समावेश गर्न आवश्यक छ । तर्सथ हामी पीसीपीएस कलेजसगँ यो कदम चालेर निकै सकारात्मक ढंगबाट अगाडी बढेका छौं ।

पीसीपीएस कलेजका अध्यक्ष पंकज जालानका अनसार, यस साझेदारी अन्तर्गत विद्यार्थीहरुले एआईमा माइक्रोडिग्री कोर्षको साथै कम्प्यटर विज्ञान र सफ्टवेयर ईन्जिनियरिङ्गमा स्नातक डिग्री प्राप्त गर्नैछन् । दइ उन्नत पाठ्यक्रमहरु  मेशिन लर्निङ्ग र डिप लर्निङ्ग माइक्रोडिग्रीकाृ हिस्साको रुपमा प्रस्ताव गरिएको छ । यो परा भएपछि, हामीले इविद्यार्थीहरुलाई ईन्टर्नसीप र प्लेसमेन्टकोलागी थप सहयोग गर्नेछ । 

 

Thuprai - Books and E-books