पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको  विभिन्न रिक्त पदका लागि आवेदन माग

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक, प्राविधिक र प्रशासन तर्फ विभिन्न रिक्त पदका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट प्राप्त सहमति अनुसार विभिन्न पदहरुमा लिखित तथा समावेशी प्रतियोगिताद्धारा स्थायी पदपूर्ति गर्नका लागि आवेदन माग गरेको हो । प्रतिष्ठानले १ सय ३५ जना विभिन्न पदका लागि आवेदन माग गरेको छ । त्यस मध्ये टाफनर्स सबै भन्दा धेरै ५९ जनाका लागि आवेदन माग गरेको छ ।

अधिकृत पदका लागि २१ वर्ष, सहायक पदका लागि १८ वर्ष उमेर पुरा भएका र प्राज्ञिक सेवा तर्फ सहायक प्राध्यापक पदका लागि ४२ वर्ष, सह प्राध्यापक पदका लागि ४५ वर्ष, प्राध्यपक पदका लागि ५० वर्ष, प्राविधिक सेवा तर्फ ४० वर्ष, प्रशासन सेवा तर्फ ३५ वर्ष उमेर ननाघेका योग्य व्यक्तिले आवेदन दिन सक्ने जनाएको छ ।

साथै योग्यता पुगेका इच्छुक व्यक्तिहरुले जेठ ४ गतेसम्म र दोब्बर दस्तुरमा जेठ ११ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

Degrees offered in nepal
Counseling
Bachelors Portal