After SEE Portal

आंशिक अध्यापकका भरमा त्रिवि

Bridge Course

हाल आंशिक र करारका गरी झण्डै तीन हजार ४२२ जना अध्यापक कार्यरत छन् । त्रिभुवन विश्वविद्यालय करार र आंशिक प्राध्यापकको भरमा चलेको छ ।

उच्च शिक्षाका कुल विद्यार्थीको ८० प्रतिशत अध्ययन गर्ने यस विश्वविद्यालयमा पढाउने अधिकांश प्राध्यापक ज्यालादारी र आंशिक प्रकृतिका छन् । त्रिविका अनुसार १६ हजार ४१ दरबन्दी छ । जसअन्तर्गत सात हजार ९२० शिक्षक र आठ हजार ९४ प्रशासनिक एवं प्राविधिक कर्मचारीहरु कार्यरत छन् ।

हाल आगिंक र सम्बन्धन प्राप्त गरी एक हजार १४६ कलेज छन् । त्रिविअन्तर्गत ६१ वटा आगिंक क्याम्पस, पाँच अध्ययन संस्थान, ३९ केन्द्रिय विभाग रहेको छ ।

त्रिभुवन विश्वविद्यालयमा ८० प्रतिशत कक्षा भार आंशिक प्राध्यापकले सम्हाल्दै आएका छन् । स्थायी प्राध्यापकले २० प्रतिशतमात्र कक्षा भार सम्हालेको पाइएको छ ।

विश्वविद्यालयले ६–६ महिनामा सेवा आयोगमार्फत पदपूर्तिका लागि विज्ञापन खुलाउनुपर्ने व्यवस्था ऐनमा छ । देशभरि त्रिविका ६० आंगिक कलेजमा झण्डै तीन हजार आंशिक प्राध्यापकले कक्षा भार सम्हालिरहेका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) अनुसार कुनै पनि संस्थामा काम गर्ने कर्मचारीलाई सेवा प्रवेश गरेको १८० दिनमा स्थायी गर्नुपर्छ । नेपालले पनि यससम्बन्धी प्रावधानमा हस्ताक्षर गरिसकेको छ ।

त्रिविमा हाल आंशिकका शिक्षक तीन हजार छन् । यस्तै करारअन्तर्गतका ४२२ रहेको छ । तर त्रिविका पदाधिकारीले समस्या समाधान गर्न चासो नराखेको करारका शिक्षकहरुको गुनासो छ ।

खुला र आन्तरिकलाई व्यवस्थापन गर्नुको साटो २०७२ सालमा खुला मात्रै विज्ञापन गरीएको थियो । करारका सेवामा कार्यरत शिक्षकहरुलाई खुलामा प्रवेश निषेध गरिएको थियो । आन्तरिक प्रतियोगिताबाट पदस्थापन गर्नुपर्ने त्रिवि शिक्षण सहायक सरोकार समूहका अध्यक्ष पदमप्रसाद न्यौपानेले बताए ।

A Levels MA
Thuprai - Books and E-books