After SEE Portal

बालबालिका विद्यालय नपठाउने अभिभावकले सुविधा नपाउने

Bridge Course

विद्यालय जाने उमेर समूहका आफ्ना बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई बर्दियाको एक नगरपालिकाले नगरबाट दिने सेवासुविधाबाट बञ्चित गर्ने भएको छ ।

बारबर्दिया नगरपालिकाले आफ्ना बालबालिका विद्यालय नपठाउने अभिभावकलाई सेवासुविधाबाट बञ्चित गर्ने नगर प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो । यहाँ आज आयोजित एक बहस कार्यक्रममा नगरप्रमुख थारुले बालबालिकाको पढ्न पाउने मौलिक हकबाट बञ्चित गराउने अभिभावकले नगरबाट पाउने सेवा नपाउने बताउनुभएको हो ।

अभिभावकले आफ्ना बच्चालाई कसरी हुन्छ खुशी बनाएर विद्यालय पठाउनैपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष मानबहादुर थारुले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावक एक महीनामा एकपटक अनिवार्यरुपमा विद्यालयमा उपस्थिति हुनुपर्ने बताउनुभयो ।

A Levels MA