After SEE Portal

पनिकाको समस्या त्रिविका विद्यार्थीले देखेनन्

Bridge Course

पनिका जिम्मेबार भएन भनेर विद्यार्थीले कहिले आवाज उठाउछन् ? त्रिवि चुनावमय त भयो तर कसैले यो मुद्दा नै देखेनन् ।

महालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदनअनुसार, सञ्चालित विश्वविद्यालयमा अध्ययनरत कुल ४ लाख ६६ हजार विद्यार्थीमध्ये त्रिभुवन विश्वविद्यालयमा ७६ प्रतिशत, अन्य १० विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ प्रतिशत रहेका छन् तर सबैभन्दा धेरै विद्यार्थीको भाग्य र भविष्य आफ्नो हातमा लिएको त्रिविका विभिन्न विभाग र निकायमा १०४ वर्से राणा शासनका श्री ३ बसेका छन् भन्दै त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका एक अधिकारी रिसाउँदै  आफ्नो कार्यकक्षमा दिउसो तीन बजेतिर आइपुगे ।

केही दिनअघि इडियुपत्र संवाददाता त्रिवि सम्बन्धि रिपोटिङका लागि महाशाखा पुग्दाका दृष्य हो त्यो । त्यसको केही दिन पछि तिनै अधिकारी त्रिविको बल्खु स्थित परीक्षा नियन्त्रण कार्यालयको कोठा नं. १४ मा भेटिए । उनी सुदुरपश्चिमतिरका रहेछन् । आफ्न्तको बहिनीको लब्धाङ्क पत्रमा  स्पेलिङ नमिलेपछि मिलाउन आउँदा उनलाई कहिले रजिष्ट्रसन कार्ड ल्याउन, कहिले राजस्व बुझाउन, कहिले गोप्य शाखामा पठाउने, गोप्य शाखा पुग्दा त्यहाँका कर्मचारीले उनका काम गर्न नै झन्झट मान्ने भएपछि उनी आफैंले उक्त कामका लागि गोप्य शाखा, शाखा प्रमुख लगायत चिनजानका सबैलाई फोन सम्पर्क गर्दा फोन नउठेपछि उनी आफ्नो काम छाडेर  परिक्षा नियन्त्रण कार्यालय पुगेका हुन् ।

पनिकाको लापरबाहीको शृङ्खला

२०७९ असार २५ मा लिएको बिबिए छैटौँ सेमेस्टरको ‘नेप्लिज सोसाइटी एन्ड पोलटिक्स्’ विषयको परीक्षामा पाँचौं सेमेस्टरको ‘सोसोलोजी’ को प्रश्न सोद्यो विरोध भएपछि परीक्षा रदद्द गर्यो ।

त्यस्तै असार २२ मा लिएको व्यवस्थापन संकायअन्तर्गत बीबीए छैटौं सेमेस्टरको ‘अर्गनाइजेसन बीएभीअर’ विषयको प्रश्नपत्र पनि निजी कलेजले सञ्चालन गरेको प्रि–बोर्ड परीक्षाको प्रश्नपत्रसँग हुबहु सारेर विद्यार्थीलाई बाड्यो ।

गत जेठ १६ र २३ मा सञ्चालित परीक्षामा पनि अघिल्लो वर्षको प्रश्नपत्र  सारेर विद्यार्थीको परीक्षा लिन तयार भयो ।

पनिकाले  २०७८ फागुन पहिलो हप्ता सञ्चालन गरेको १०० पूर्णाङ्कको एलएलबी प्रथम वर्षको ल अफ कन्ट्र्याक्ट’ (३०५) विषयको परीक्षामा ५० पूर्णाङ्कको मात्र प्रश्न सोधेको थियो ।  पाठ्यक्रमअनुसार  सय पूर्णाङ्क, समय तीन घण्टा हुनुपर्ने हो तर परीक्षार्थीलाई वितरण गरिएको प्रश्नपत्रमा ५० पूर्णाङ्क,  समय पनि डेढ घण्टा मात्रै लेखिएको थियो  ।  सातओटा प्रश्न सोधेर  तीनओटा मात्रै हल गर्न भनिएको थियो । पूर्णाङ्क ५० लेखिए पनि उत्तीर्णाङ्क तोकिएको छैन ।

सर्वोच्चले पुनः परीक्षा गर्न आदेश दिए पनि गल्ती गर्न छाड्दैन पनिका

त्रिविले २०७६ पुस २९ गते लिएको विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातकोत्तर तह भौतिकशास्त्र कार्यक्रमको प्रथम सेमेष्टरको क्वान्टम मेकानिक्स (आइ) फिजिक्स (५०३) विषयको पुरानो कोर्सको परीक्षा सञ्चालन गरेपछि विद्यार्थीले विभिन्न निकायमा मुद्दा हाल्दा हाल्दै सर्वोच्च अदालत पुगे । अदालतले  ४५ पूर्णाङकको  परीक्षामा ३५ नम्बर निर्धारित पाठ्यक्रम भन्दा बाहिरबाट सोधिएको भन्दै पुनः परीक्षा सञ्चालन गर्न आदेश दियो ।

यी त प्रतिनिधि घटना मात्र हुन् । त्रिवि पनिकाले सञ्चालन गर्ने परीक्षामा मात्र होइन उसले प्रदान गर्ने कागजातमा पनि आफैं गल्ती गरेर विद्यार्थीलाई सुधार गर्न  कुहिरोको कागलाई बाहिर निस्कन भन्दा बढी सास्ती दिँदै आएको छ ।

कसैलाई टेर्दैनन् पनिकाका कर्मचारी

पनिकाकाले समयमै परीक्षा लिँदैन । लिइ हाले पनि १५ महिनासम्म नतिजा प्रकाशन गर्दैन । त्रिविका विद्यार्थी मात्र होइन त्रिवि केन्द्रीय प्रशसनका कर्मचारीसंग पनि समेत पनिकाका कर्मचारी उत्तरदायी नभएको पाइएको छ ।  त्रिवि केन्द्रीय प्रशासनबाट केही जरुरी काम परेर फोन गरेपनि कसैले नउठाउने प्रशासनका कर्मचारीहरू बताउँछन् ।

आफ्नै केन्द्रीय निकायबाट फोन गर्दा समेत सम्पर्क गर्न नचाहने पनिकामा काम विशेषले दोस्रो पटक मान्छे पुग्यो भने यो मान्छे कति आउँछ भनेर कराउने गरेको सूचना महाशाखाका अर्का कर्मचारीले बताए । उनी मानविकीको स्नातकोत्तरको छोरीको ट्रान्सक्रिप्ट लिन भनेर त्यहँँ पुगेका थिए । उनले सकेनछन् । ती कर्मचारीलाई समेत गोप्य शाखाको २२ नं. कोठामा  पुग्दा ढोका छेउको कुर्सीमा बस्ने एक महिला कर्मचारीले भनिन् कति आएको भनेर गाली गरेको सुनाए ।

त्रिविकै कर्मचारीबाट यस्तो गुनासो सुनेपछि इडियुपत्रले पनिकाका विभिन्न शाखामा सम्पर्क गर्न खोज्दा कसैले फोन उठाएनन् ।  ‘विद्यार्थीले आफ्नो पार्टीको उपकुलपति, पदाधिकारी भएन भनेर, आफ्नो अनुकूल शुल्क भएन भनेर पदाधिकारी कार्यकक्षमा ताला लगाउछन् ।’ ती कर्मचारीले गुनासो गर्दै भने, ‘पनिका जिम्मेबार भएन भनेर विद्यार्थीले कहिले आवाज उठाउछन् ? त्रिवि चुनावमय त भयो तर कसैले यो मुद्दा नै देखेनन् ।’

 

A Levels MA
Thuprai - Books and E-books