
नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले असार चार गते एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ ।
नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा बौद्धस्थित होटल हायातमा प्रदर्शनीको आयोजना गर्ने भएको हो ।
शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्सा, विज्ञान तथा प्रविधि, लगायत ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजहरूले प्रदर्शनीमा स्टल राख्ने आज आयोजित पत्रकार सममेलनमा जाकारी दिइएको छ ।
विद्यार्थी तथा अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति लगायतका विषयहरूमा विज्ञहरूले जानकारी दिने सम्मेलनमा जानकारी दिइएको छ ।
पछिल्लो जानकारीअनुसार चीनमा १६० वटा देशका ५ लाख विद्यार्थीहरू विभिन्न विषयमा अध्ययनरत छन् । प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० वटा भन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको सम्मेलनमा जानकारी दिइएको छ ।