After SEE Portal

शिक्षामा भएको निजीकरणको विरोध (साप्ताहिक शैक्षिक गतिविधि फागुन १-७)

Bridge Course

बृहत् नागरिक आन्दोलनले सोमबार कीर्तिपुरमा शिक्षामा भएको निजीकरणका विरुद्धमा प्रदर्शन गरेको छ । स्थानीय पाँगा दोबाटोबाट सुरु गरिएको सो मार्चमा ‘शैक्षिक प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’ नाम दिइएको थियो ।

सो मार्चमा नागरिक समाजका प्रतिनिधि, प्राध्यापक–विद्यार्थी, कवि, कलाकार, बौद्धिक व्यक्तित्वको सहभागिता रहेको थियो ।

विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा राजनैतिक हस्तक्षेपका कारण विश्वविद्यालय कार्यकर्ताको भर्तिकेन्द्र मात्र भएको, गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको धारणा राखेका थिए ।

मार्च सुरु भएको स्थानबाटै माफिया लेखेको बक्स घिसार्दै विद्यार्थीहरुले त्रिविका उपकूलपतिको कार्यकक्षमा प्रवेश गरेका थिए । आन्दोलनकारी त्यहाँ पुग्नु अगावै नाटक मञ्चनका लागि तयार गरिएको बुख्याचाका सामन प्रहरीले हटाएपछि केहि समय त्रिवि तनाव ग्रस्त भएको थियो ।

नाट्यकर्मी घिमिरे युवराजको टोलीले नाटक देखाउन तयार पारेको बुख्याचा खोसेपछि उपकुलपति धर्मकान्त बास्कोटाको च्याम्बर केही समय तनाव ग्रस्त भएको हो ।

त्रिविका प्राध्यापक तथा अभियन्ता विजयकान्त कर्णले विश्वविद्यालयले के उत्पादन गरिरहेको छ, समीक्षा हुनुपर्ने धारणा व्यक्त गरेका थिए । सरकारले निजीकरणलाई पक्षपोषण गरिरहेका कारण विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना भएको उनले बताए । सो कार्यक्रममा अधिकांश सहभागीले त्रिविका कमर्चारी, शिक्षक, पदाधिकारी, होस्टल सबै भागबण्डामा चल्ने गरेको धारणा राखेका थिए ।

शैक्षिक सत्र जेठ सम्म

यो हप्ता शिक्षा नियमावली, २०५९ को नवौं संशोधनले गरेको व्यवस्थाका बारेमा सञ्चार माध्यममा विभिन्न टिकाटिप्णी गरिए ।

शिक्षा नियमावलीको नवौं संसोधनले चालु शैक्षिक सत्रको अन्तिम परीक्षा जेठको अन्तिममा सकेर असरादेखि नयाँ शैक्षिकसत्रको सुरुवात गर्ने विषयले छापा तथा विद्युतीय संचार माध्यममा स्थान पाए ।

सो संशोधनले कोरोना भाइरसका कारण एउटाविद्यालयबाट अर्को विद्यालयमा स्थानान्तरण हुन चाहने कक्षा १० का विद्यार्थीलाई स्थानान्तरण गर्ने व्यवस्था गर्यो । त्यस्तै विद्यालय तहलाई कक्षा १२ सम्म भएपछि विद्यालयतहको अन्तिम परीक्षा कक्षा १२ मा सञ्चालन गरिने हुँदा कक्षा १२ मा माध्यमिक शिक्षा परीक्षा ९कक्षा १२० सञ्चालन गरिने हुँदा नियमावलीमा भएको कक्षा १० भन्ने शव्दलाई हटाएर कक्षा बाह्र बनाएको छ ।

मन्त्रीपरिषसंशोधनलाई सदर गर्दै चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म कायम गर्यो । शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो कायम गरिएको हो ।

सरकारले शिक्षा ९नवौँ संशोधन० नियमावलीमा महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ । संशोधित सो नियमावली फागुन ३ गतेको राजपत्रमा प्रकाशित भएको थियो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले संशोधित नियमावलीअनुसार आज शिक्षामन्त्रीस्तरीय निर्णयबाट चालु शैक्षिक सत्रलाई आगामी जेठ मसान्तसम्म लम्ब्याइएको जानकारी दिए । “आगामी शैक्षिक सत्र २०७८ साल असार १ गतेबाट सुरु हुनेछ” उनले भने, “आगामी शैक्षिक सत्रको अन्त्य सोही वर्षको चैत मसान्तमा हुनेछ ।” 

यो हप्ता सरस्वती पूजा परेको हुनाले अधिकांश विद्यालयले सो दिन निःशुल्क विद्यार्थी भर्ना गरे । गत मंसिरमा सञ्चालन गरिएको कक्षा १२ को बार्षिक परीक्षामा अमर्यादित कार्यमा संलग्न शिक्षक विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारबाही गरेको छ ।

कालिका मावि सिहासैन, दैलेखका विद्यार्थी रोशन कुमार शाहीले परीक्षाको मर्यादा विपरीत परीक्षाका सम्पूर्ण गतिविधिलाई टिकटक बनाई सामाजिक सञ्जालमा राखेको हुँदा निजलाई बोर्डले कारबाही गरेको हो ।

बोर्डले परीक्षाका सम्पूर्ण गतिविधि सार्वजनिक गरेको हुँदा परीक्षा शाहीको चालु खण्डको सम्पूर्ण विषयको परीक्षा रद्द गरेको छ ।

साथै सोही विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र उक्त विद्यालयका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई बोर्डबाट सञ्चालन गरिने कुनै पनि परीक्षा सम्बन्धी काममा तीन वर्षसम्म सहभागी हुन नपाउने गरी कारबाही गरिएको बोर्डले जानकारी दियो ।

पाँच विश्वविद्यालयका विद्यार्थीले एक करोड रुपियाँको परियोजना मूल्याङ्कन गर्न पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विद्यालय, मध्य पश्चिमाञ्चल विद्यालय, पूवाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका विद्यार्थीले सो रकम बराबरको परियोजना मूल्याङ्कन गर्न पाउने भएका हुन् ।

हालै समाज कल्याण परिषद् र पाँचै विश्वविद्यालयका विच भएको सम्झौताले विद्यार्थीलाई सो अवसर दिएको परिषद्का सूचना अधिकारी दुर्गा प्रसाद भट्टराईले जानकारी दिए ।

२०३६ साल देखि २०६९ साल सम्म शिक्षण पेसामा आवद्ध शिक्षक पशुपतिलाल कर्णलाई उनैका पूर्व विद्यार्थीहरुले गुरु आवास निर्माण गरेर हस्तान्तरण गरेको समाचार यो हप्ता धेरै चर्चाम रह्यो ।

चितवन खैरहनीनगरपालिका–१ स्थित कङ्काली माविका पूर्वविद्यार्थीले रु। २४ को लागतमा सुविधायुक्त घर निर्माण गरेर हस्तान्तरण गरेका छन् । आवास निर्माणका लागि जिन्सी ४ लाख र पूर्वाधार निर्माणका लागि जम्म २४ लाख खर्च गरेको पूर्व विद्यार्थी समाजले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books