A Levels MA

नेपाल विश्वविद्यालय बोर्ड अफ ट्रस्टिज मार्फत  सञ्चालन

प्रस्तावित नेपाल विश्वविद्यालय बोर्ड अफ ट्रस्टिज मार्फत  सञ्चालन तथा व्यवस्थापन गरिने गरी सञ्चालनमा आउने भएको छ।

शासकीय स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताको कानुनी प्रत्याभूति सहित सङ्घीय संसदबाट जारी हुने ऐन मार्फत प्रस्तावित विश्वविद्यालय केन्द्रीय विश्वविद्यालयको रूपमा स्थापित हुनेछ, र यसको सञ्चालन र व्यवस्थापन मूलतस् एक स्वायत्त ुसंरक्षक परिषदु बोर्ड अफ ट्रस्टिज) मार्फत गरिने  गरी सञ्चालनमा ल्याइने भएको हो ।

प्रस्तावित नेपाल विश्वविद्यालय अन्तर्गत सञ्चालन गरिने सबै विधा र तहका प्राज्ञिक कार्यक्रमहरू मूलतः उदार सोचको बहुविधागत शिक्षा का मूलभूत सिद्धान्त र मान्यताबाट निर्देशित हुने विज्ञप्तिमा भनिएको छ ।

स्वायत्त, बहुविधात्मक तथा अनुसन्धान(मूलक प्रकृतिको प्रस्तावित नेपाल विश्वविद्यालयको भूमिका हुने छ ।

विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक, गैर(नाफामूलक, अन्य क्याम्पसलाई सम्बन्धन नदिने, बहु-विधागत, अनुसन्धानमुखी र प्राज्ञिक उत्कृष्टताप्रति समर्पित रहने स्वायत्त प्रकृतिको  हुन जानकारी दिएको हो ।

प्रस्तावित नेपाल विश्वविद्यालयले नेपाली समाजका सबै वर्ग, क्षेत्र र समुदायका प्रतिभाशाली विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्य सहित देश र विदेशबाट आफ्नो विषयगत क्षेत्रमा उत्कृष्टता हासिल गरेका मूर्धन्य प्राज्ञ र अध्येताहरूलाई विश्वविद्यालय सञ्चालनमा संलग्न गर्ने विज्ञप्त्मिा उल्लेख छ ।

मौजुदा विश्वविद्यालयहरूको संरचना र कार्यशैलीभन्दा नितान्त पृथक  प्राज्ञिक सोच, मूल्य(मान्यता, संस्कृति, शैली तथा स्वायत्त शासकीय संरचना सहितको नयाँ प्राज्ञिक संस्थाको आवश्यकता व्यापक रूपमा महसुस गरिएको सन्दर्भमा नेपाल विश्वविद्यालय स्थापनाको प्रस्ताव गरिएको हो ।

आवश्यक आर्थिक र वित्तीय स्रोतका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकार, निजी क्षेत्र र द्विपक्षीय, वहुपक्षीय तथा अन्य स्वदेशी र विदेशी दाताको सहयोग परिचालन गरिने उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books