सरकारले प्रत्येक वर्ष पोषाक भत्ता उपलब्ध गराउँदै आएपनि अधिकांश शिक्षकहरुले पोषाकनै नलगाई विद्यालय जाने गरेको पाइएको छ ।
सरकारले प्रति शिक्षक वार्षिक १० हजार उपलब्ध गराउने गर्छ । यसअघि ७ हजार पाँच सय रुपैंया वितरण गर्दै आएको थियो । तर, शिक्षकहरु पोषाक नै नलगाएर विद्यालय जाने गरेका छन् । एक शिक्षकले भने, जाडोको समय छ, ‘ज्याकेट लगाउनुपर्ने हुन्छ, त्यहि भएर पोषाक लगाएन ।’
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको पछिल्लो तथ्याकं अनुसार शिक्षक संख्या एक लाख ५० हजार वढि छन् । यसरी हेर्दा पोषाक भत्ता बापत वर्षेनी एक अर्व ५० करोड रुपैंया खर्च हुन्छ ।
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको पछिल्लो तथ्याकं अनुसार शिक्षक संख्या एक लाख ५० हजार वढि छन् । यसरी हेर्दा पोषाक भत्ता बापत वर्षेनी एक अर्व ५० करोड रुपैंया खर्च हुन्छ ।
हाल सरकारले सामुदायिक विद्यालयहरुमा स्थायि शिक्षक, अस्थायि शिक्षक अन्तर्गत् राहत, करार, अनुदान, पि सि एफ, सट्टा लगायतलाई पोषाक भत्ता उपलब्ध गराउँदै आएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयका प्रवक्ता दिपक शर्माले शिक्षकहरुलाई चैत मसान्तसम्म सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकहरुलाई पोषाक भत्ता उपलब्ध गराउने गरेको बताए । उनले भने, ‘हामिले वर्षेनी भत्ता उपलब्ध गराउँछौं । शिक्षकहरुले नियमित पोषाक लगाउनुपर्छ । ’
यसैविच, गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक विद्यालयका प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीहरुलाई अन्य कर्मचारी र शिक्षक सरह पोषाक भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो शिक्षा मन्त्रालयका अनुसार देशभर बाल विकास सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीहरूको संख्या ६४ हजारको हारहारीमा छ ।