विद्यावारिधि गर्नेलाई रु एक लाखको नइ शोध पुरस्कार

नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक विशिष्ट शोधार्थीलाई रु एक लाख राशिसहित ‘नइ शोध पुरस्कार’ समर्पण गरिने निर्णय भएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार ईश्वरबल्लभ, प्राडा वासुदेव त्रिपाठी र वानीरा गिरीका व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि शोध गर्ने एक विशिष्ट शोधार्थीलाई ‘नइ शोध पुरस्कार’ समर्पण गरिने प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

प्रकाशनद्वारा उपाधि, सम्मान र पुरस्कारले विभूषित ती साधकमध्ये सम्बन्धित एक जनाको नाउँ जोडेर हरेक साल नइ शोध पुरस्कार समर्पण गर्ने निर्णय नइ रजत महोत्सवका अध्यक्ष वाङ्मय शताब्दी पुरुष जोशीका अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal