After SEE Portal

ओली एण्ड एसोसिएट्सद्वारा कोरोना भाइरस प्रभावित विद्यार्थीलाई सहयोग घोषणा

Bridge Course

ओली एण्ड एसोसिएट्सद्वारा कोरोना भाइरस प्रभावित विद्यार्थीलाई प्रतिव्यक्ति ५० डलर बराबरको आधारभूत ग्रोसरी सहयोग प्रदान गर्ने भएको छ ।

अस्ट्रेलियाका विभिन्न सहरमा अध्यायनरत नेपाली विद्यार्थीहरुलाई कम्पनीले राहत प्याकेज प्रदान गर्ने भएको हो । अस्ट्रेलिया र नेपालमा विद्यार्थीहरुको लागि शैक्षिक परामर्श, माईग्रेसन, आयकर र सुपरएनुएसन सम्बन्धी सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्सले कोरोना भाईरसबाट प्रभावित विद्यार्थीलाई सहयोगको घोषणा गरेको छ ।

यो सहयोग रकम पाउन ओली एण्ड एशोसिएट्सबाट अस्ट्रेलिया गएका लगायत अन्य विद्यार्थीलाई सहयोग प्रदान गर्ने प्रवन्ध निर्देशक भवानी ओलीले बताए । सो कम्पनीले कोरोना भाईरसको संक्रमणको अवस्थालाई हेरेर विद्यार्थीलाई आगामी दिनमा थप सहयोग प्रदान गर्ने भएको छ । सहयोग प्याकेजमा सहभागी हुन बिद्यार्थीहरुले याम्पनीको लिंकमा गएर फारम भरी १० मे २०२० भित्रमा पठाउनुपर्नेछ ।

ओली एण्ड एसोसिएट्सले कोरोना भाईरसको संक्रमणको कारण बेरोजगार भएका र दैनिक जीवन यापनमा समेत समस्या भएका विद्यार्थीहरुको लागि गैर आवासीय नेपाली संघ अस्ट्रेलिया र अस्ट्रेलियन एजुकेसन कन्सलटेन्स अलाएन्सको अभियानमा ऐक्यवद्धता जनाएको छ । १८ बर्ष अघिदेखि निरन्तर सञ्चालनमा रहेको ओली एण्ड एसोसिएट्सले कसैलाई आफ्नो वा पराई नभनी यस प्रकारको विषम परिस्थितिमा सबैलाई समान रूपमा सहयोग गर्ने उद्देश्यले यो राहत प्याकेज घोषणा गरेको प्रबन्धक ओलीले बताए ।

ओली एण्ड एसोसिएट्सले अस्ट्रेलियामा व्यवसायिक सामाजिक दायित्व अन्तर्गत गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका विभिन्न कार्यक्रमहरू, गोर्खा नेप्लिज कम्युनिटीद्धारा संचालित ओली एण्ड एसोसिएट्स कप फुटबल लिग, सेन्ट जर्ज नेप्लिज क्लब, नेप्लिज अस्ट्रेलियन एसोसिएसन चिल्ड्रेन ट्यालेन्ट नाईट, नेपाली रिक्रियसनल क्लब लगायत दर्जनौं सामाजिक संस्था र कार्यक्रमहरुमा निरन्तर सहयोग गर्दै आएको छ ।

A Levels MA