After SEE Portal

चिकित्सा शिक्षा आयोगमा भएको आक्रमण प्रति आपत्ति

Bridge Course

चिकित्सा शिक्षा आयोगले आज कार्यलय परिसरमा आगजनी गर्ने, तोडफोड गर्ने, आयोगको सवारीसाधनमा र सुरक्षा कर्मी रहने घरमा अन्धधुन्द ढुङ्गा प्रहार गरी सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको विषयले गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

आयोगले अहिले विज्ञप्ति जारी गरी स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा विद्यार्थीको म्याचिङ्ग र भर्ना कार्यक्रमको क्रममा सम्मानित सर्वोच्च अदालतमा मुद्दा विचारधीन अवस्थामा रहेको अवस्थामा आयोग प्रति आक्रमणले ध्यानाकर्षण भएको जनाएको छ ।

सम्मानित अदालतमा विचाराधीन अवस्थामा रहेकै अवस्थामा भ्रामक, कपोकल्पित तथा तथ्यहीन विषयवस्तुहरु सार्बजनिक भएको सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गर्न संलग्न व्यक्तिहरुलाई कानूनी दायरमा ल्याई आवश्यक कार्वाही गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।

‘आदालतमा विचारधीन अवस्थामा रहेको विषयका बारेमा सार्वजनिक सम्पत्तिको हानी नोक्सानी नगर्न, गलत र व्देषपूर्ण अभिव्यक्ति नदिन तथा कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छाना लगाउने, मानहानी हुने वा यस प्रकारको सामग्री उत्पादन, प्रकाशन र प्रशारण नगर्नरनगराउन सचेत गराइन्छ र यस विषयमा संवेदशील हुन समेत सम्बन्धित सबैलाई आयोग हार्दिक अनुरोध गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

आयोगले योग्यताक्रम मिचेको भन्दै विद्यार्थीहरूको एक समूहले आयोगमा आक्रमण गरेका थिए । पीजी तह पढ्ने विद्यार्थी योग्यताक्रम मिचेर भर्ना प्रक्रिया अगाडि बढाइरहेको भन्दै आन्दोलनमा उत्रिएको जनाएका छन् ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आइतबार आयोग परिसरमा प्रदर्शन गरेको थियो । विद्यार्थीहरू विगत केहीदिन देखि नै आन्दोलन गर्दै आएका थिए । आइतबारदेखि अनेरास्ववियुले त्यसको नेतृत्व लिएको हो । आइतबार आयोग परिसरमा गरिएको विरोध प्रदर्शनको क्रममा तोडफोड गर्नुका साथै आगजानी समेत गरिएको थियो । अनेरास्वविययुले गेटमा ताला समेत लगाएको छ ।

आयोगले गत वर्ष २–४ पुसमा चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा लिएको थियो । त्यसको नतिजा ४– ६ पुसमा प्रकाशित गरेको थियो ।

७ पुस र १२ फागुनमा अनलाइन प्राथमिकता निर्धारण सूची प्रकाशित गरेको थियो । उनीहरूलाई भर्नाका लागि आह्वान गरेको थियो । त्यही बेला अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै पुरानै म्याचिङ प्रणाली अनुसार विद्यार्थी छनोटका लागि प्राथमिकता निर्धारण गर्नु गराउन आदेश दिएको थियो ।

आयोगले गत ९ चैत २०७९ मा खुलातर्फको म्याचिङ तालिका, कक्षा प्रारम्भ मिति र पहिलो भर्ना सूची प्रकाशित गरेको थियो ।

A Levels MA
Thuprai - Books and E-books