वि एण्ड सीलाई दिएको सम्बन्धन र प्रसाईको विज्ञप्तिप्रति केयु प्राध्यापक संघको आपत्ति

झापाको प्रस्तावित वि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा लिखित रुपमा आपत्ति जनाएको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

विश्वविद्यालयको ८९ औ सभामा एजेण्डमै नभएको मेडिकल कलेज सम्बन्धको विषय प्रवेश गराई झापाको वि एण्ड सी कलेजलाई सम्बन्धन दिन दवाव दिइएको भन्दै काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको छ ।

संघले आज एक विज्ञप्ति जारी गरी काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा ऐनलाई मिचेर दिएको सम्बन्धन अवैधानिक भएको, दवावमा आएर सम्बन्धन दिने निर्णय गरेको भन्दै आपत्ति जनाएको हो ।

वर्तमान अवस्थामा काठमाडौं विश्विद्यालयले आफूले सम्बन्धन दिएकै कलेजहरुको अनुगमन र निरीक्षण गर्न हम्मे हम्मे परिरहेको वेला थप सम्बन्धनका लागि चिकित्सा शिक्षा ऐन लत्ताई विश्वविद्यालयलाई अनुचित र अवाञ्छित दवाव दिनु आपत्तिजनक भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कलेजका सञ्चालक दुर्गा प्रसाईंले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई अपमान गरी आज प्रकाशित गरेको विज्ञप्ति प्रति पनि आपत्ति जनाएको छ । केसीले सोमबार विज्ञप्ति प्रकाशित गरी प्रसाईं प्रधानमन्त्रीद्वारा संरक्षित रहेको, उनकै आडमा आफ्ना सहकर्मीलाई धम्क्याएको उल्लेख गरेका थिए । प्रसाईंले हिजो केसीको भनाइप्रति आपत्ति जनाउँदै मंगलबार विज्ञप्ति जारी गरेका थिए । प्रसाईंले प्रकाशित गरेको विज्ञप्तिलाई धम्की पत्रको संज्ञा दिएका थिए । उनले त्यस्तो ‘धम्की पत्र’बाट कोही पनि भ्रममा नपर्नु विज्ञप्तिमार्फत् निर्देशन दिएका थिए ।

Thuprai - Books and E-books