After SEE Portal

नेविसङ्घको आक्रोस

Bridge Course

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा पुुगी आक्रोस पोखेका छन् । 

उनीहरुले रजिष्टार नियुक्तिको विषयप्रति आपत्ति जनाउँदै आक्रोस पोखेका हुन् । पाँच जनाको समूह उपकुलपति डा. बाँस्कोटाको कार्यकक्षमा प्रवेश गरी भ्रष्टाचारी व्यक्तिलाई रजिष्टार बनाएको भन्दै तत्काल उनलाई हटाउन माग गरे । बाँस्कोटाले डा. पेशल दाहाललाई रजिष्टारमा नियुक्त गरेका थिए ।

उपकुलपतिको कार्यकक्षमा रहेको सानो टेबुल पल्ट्याइदिनुका साथै कागजात झारेर आक्रोस पोखे ।

 “मलाई थर्काउने उद्देश्यले आएका थिए । तोडफोड गर्न पाएनन्” उपकुलपति डा. बाँस्कोटाले भने ।

रजिष्टार नेपाल कम्युनिष्ट पार्टी समर्थित हुन् । शिक्षाध्यक्ष नियुक्त हुन बाँकी छ । शिक्षाध्यक्षमा नेपाली काँग्रेसको दावी रहेको छ । नेविसङ्घका कार्यकर्ताहरुले शिक्षाध्यक्ष नेकाका हुनुपर्ने उद्देश्यले उपकुलपतिलाई थर्काउन कार्यकक्षमा पुुगेको त्यहाँ उपस्थित त्रिविका एक पदाधिकारीले बताए ।

A Levels MA
Thuprai - Books and E-books