After SEE Portal

अब एनओसी अनलाइनबाट

Bridge Course

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिँदै आएको वैदेशिक अध्ययन अनुमति पत्र (नो अबजेक्सन लेटर) को आवेदन अनलाइन पद्धतिबाट गर्न थालिएको छ । हिजोबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सो कार्यको सुरुआत गरेका हुन् ।

नो अबजेक्सन लेटर लिन चाहने आवेदक विद्यार्थीहरुले वैदेशिक अध्ययन अनुमति शाखा, केशरमहल नआई सिधै अनलाईनबाट आवेदन गरी आवेदन पत्र स्वीकृत भए-नभएको जानकारी गराइने व्यवस्था गरिएको छ। उक्त जानकारी प्राप्त भएपछि निवेदकले तोकिए बमोजिमको बैंकमा राजस्व दस्तुर जम्मा गरे पश्चात नो अवजेक्सन लेटर लिन आउने मिति ईमेल मार्फत जानकारी गराईने छ मन्त्रालयका उपसचिव दिव्या दवाडीले जानकारी दिइन् । 

अनलाइन दर्ता भएको निवेदकले तोकिएको समयमा वैदेशिक अध्ययन अनुमति शाखा केशरमहलमा आएर सो लेटर संकलन गर्न सकिने उपसचिव दवाडीले बताइन् ।विदेशी विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाहरुमा शुल्क पठाउने कार्यमा सहयोग पुर्याउदै आएका नेपाल स्थित विभिन्न बैंकहरुलाई प्रमाण पत्र पहिचान गर्न सहज हुने र अध्यागमन कार्यालयलाई वास्तविक विद्यार्थी छुट्याउन सहज हुने हुनाले सो कार्य अनलाइनबाट गर्न थालिएको उनले जानकारी दिइन् । 

A Levels MA