Bachelors Portal

अब एसइई खारेज

Managed Admission 2022

कक्षा १० को वार्षिक परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज हुने भएको छ ।

विद्यालय शिक्षा विधेयकले यस्तो प्रस्ताव गरेको छ । मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक पदाधिकारीले जानकारी दिए ।

उनले ऐन पारित भएमा कक्षा १० को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्नुपर्ने बताए ।

विद्यालय क्षेत्र संरचनामा आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षा स्थानीय तहले, माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) प्रदेश र कक्षा १२ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने व्यवस्था छ । कक्षा १० को प्रदेशमा हस्तान्तरण हुन सकेको छैन । 

आधारभूत तहको अन्तिम कक्षा ८ हुने र माध्यमिक तहको अन्तिम कक्षा १२ हुने भएकाले त्यसबीचका परीक्षा राज्यले सञ्चालन गर्नु आवश्यक नरहने तर्क गरिएको छ । 

ती पदाधिकारीका अनुसार एसएलसीदेखि एसइईसम्मका मार्क लेजर लगायतका विवरण सुरक्षित राखिनेछ । 

नेपालमा १९९० सालबाट एसएलसी परीक्षा सञ्चालन गर्न थालिएको हो । २०७३ सालबाट यसको नाम परिवर्तन गरी एसइई बनाइएको हो ।

Select college / campus