सत्रान्त/बार्षिक बाह्य परीक्षा आवेदन फारम भर्ने सूचना तथा परीक्षा समय तालिका : नेपाल खुला विश्वविद्यालय

नेपाल खुला विश्वविद्यालय, व्यवस्थापन तथा कानून संकाय अन्तर्गत Master of Business Administration(MBA), Master of Science in Development, Management and Governance (MSDMG) कार्यक्रम २०७५ बर्षे सत्रमा भर्ना भई हाल दोस्रो सेमेष्टरको नियमित सत्रान्त बाह्य परीक्षामा सहभागि हुन र सोही समूहको प्रथम सेमेष्ट्ररको नियमित (Regular) सत्रान्त बाह्य परीक्षामा सहभागि भई अनुत्तिर्ण हुने परीक्षार्थीहरुले प्रथम सेमेष्टरका अनत्तिर्ण बिषयहरुमा रिटेक परीक्षा (Re-take Examination) मा सहभागि हुन तथा Bachelor of Business Science (BBS), Bachelor of Law (LLB) कार्यक्रम २०७५ बर्षे समूहमा भर्ना भई अन्तिम बार्षिक परीक्षामा सहभागि हुनको लागि योग्य परीक्षार्थीहरुले मिति २०७६/०३/२३ देखि २०७६/०४/१५ गते सम्ममा यस कार्यालयको वेभसाइट मा रहेको अनलाइन परीक्षा आवेदन फारम भरेर तपसिल बमोजिमको परीक्षा शुल्क, भुक्तान गर्न बाँकी शिक्षण शुल्क रकम तथा रिटेक (Re-take) परीक्षा शुल्क नेपाल खुला विश्वविद्यालयको ग्लोबल आइ.एम.इ बैङ, कीर्तिपुर शाखा, स्थित चल्ती खाता नं. ०५०१०१००००५०२ मा जम्मा गरेको जम्माकर्ताको स्पष्ट नाम र रोल नं खुलेको प्रथम दोस्रो सेमेष्ट्रर/बार्षिकका लागि छुट्टाछुट्टै बैङ्क भौचर स्क्यान गरेर अपलोड गरी परीक्षा आवेदन फारम बुझाउन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ । मिति २०७६/४/१९ गते सम्म दोब्बर दस्तुर तिरी आवेदन फाराम भर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ ।

Thuprai - Books and E-books