शिक्षा नियमावलीको नवौं संशोधन, कक्षा १० का विद्यार्थी स्थानान्तरण हुन पाउने (संशोधित नियमावली सहित)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावली, २०५९को नवौ संशोधन गरेको छ । कक्षा १० का विद्यार्थीलाई स्थानान्तरणको व्यवस्था, शैक्षिक सत्र परिवर्तनलगायतका व्यवस्था सहित शिक्षा ऐन, २०२८ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी सरकारले शिक्षा नियमावली संशोधन गरेको हो ।

मूल नियमावलीको  नियम २, नियम ४७क, नियम ५३, नियम ५७, नियम ८०, नियम ८४, नियम १३८,  र नियम १८२ लाई नवौ संशोधनले संशोधन गरेको छ ।

मुल नियमावलीको नियम ८० लाई संशोधन गर्दै कुनै विद्यार्थीले स्थानान्तरण प्रमाणपत्र लिनुपरेमा अभिभावकको सिफरिशसहित विद्यालय छाड्नु परेको यथार्थ विवरण खुलाई प्रधानाध्यापक समक्ष निवेदन पेशगर्नुपर्ने व्यवस्था गरेको छ। स्थानान्तरण हुन चाहने विद्यार्थीले शैक्षिक सत्र शुरू भएको दुई महिनाभित्र स्थानान्तरण प्रमाणपत्र दिने र स्थानान्तर भई आउने विद्यालयको सिफरिशमा जिल्ला शिक्षा कार्यालयको सहमति लिई स्थानान्तरण प्रमाणपत्र दिन सकिने व्यवस्था नियमावलीले गरेको छ ।

संशोधित शिक्षा नियमावलीको दफा ८० ले गरेको व्यवस्था बाहेक अन्य अवस्थामा भने कक्षा १० का विद्यार्थीलाई स्थानान्तरण नगरिने शिक्षा मन्त्तालयका प्रवक्ता दीपक शर्माले बताए । ‘कक्षा १० को स्थानान्तरण पनि अन्य कक्षाको जस्तै हो तर नियमावलीले व्यवस्था गरेभन्दा फरक ढंगले स्थानान्तरण भने गरिने छैन ।’ उनले भने, ‘विद्यालय शिक्षाको प्रारुप कक्षा १२ सम्म पुगेको र १२ मा मात्र विद्यालय तहको अन्तिम परीक्षा सञ्चालन गरिने हुनाले नियमावलीमा कक्षा १० को सट्टा कक्षा १२ लेखिएको हो ।’

“(२क) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि महामारी वा यस्तै अन्य विपद्का कारण पठन पाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयमा सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नु पर्नेछ र सोको जानकारी इकाइलाई दिनु पर्नेछ।” भन्ने उल्लेख गरिएको छ ।

त्यस्तै मूल नियमावलीको नियम ८४ मा संशोधन गर्दै मूल नियमावलीको नियम ८४ को उपनियम ९१० को अन्त्यमा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएको छ, ‘तर महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नु पर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्नेछ। स्पष्टीकरणस् यस नियमको प्रयोजनका लागि “विकट हिमाली क्षेत भन्नाले कालिकोट जुम्ला, डोल्पा, मुग हुम्ला, मनाङ र मुस्ताङ जिल्लाका नियमित रुपमा विद्यालय सञ्चालन हुन नसक्ने हिमाली क्षेत्र सम्झनु पर्छ।’

 

 

 

हेर्नुस्ः शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ः