A Levels MA

जागिर खान आएको होइनः उपकुलपति प्राडा अर्याल

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयनका लागि आफूले पहिलो प्राथमिकता दिने बताए ।

आइतबार उपकुलपति पदको पदभार ग्रहण गर्दै उनले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । “विश्वविद्यालयको समस्या र अन्योल समाधानका बारेमा प्रधानमन्त्रीसँग छलफल भएको र उहाँले नीति नियममा रही निर्धक्क भएर अगाडि बढ्न सुझाउनु भएको छ।” उपकुलपति प्राडा अर्यालले भने, “म जागिर खान आएको होइन, मलाई अब कसरी यो विश्वविद्यालय बनाउने र व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताएको छ ।”

तस्वीरः पोखरा विश्वविद्यालयको अफिसियल पेजबाट

उनले पोखरा विश्वविद्यालयले छोटो समयमा राम्रो प्रतिष्ठा कायम गरेको र धेरै कार्यक्रम ल्याएर एउटा ख्याति कमाएको हुँदा यसलाई अझ सुसंगठित र व्यवस्थित बनाउन आफ्नो प्रयास रहने धारणा व्यक्त गरेका थिए ।

विश्वविद्यालय सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारी, व्यवस्थापन सङ्कायका डीन प्रा हरिबहादुर खड्का, स्कूल अफ डेभलेपमेन्ट सोसल इञ्जिनीरिङ्गका स्कूल निर्देशक प्राडा रामप्रसाद अर्याल, विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य सहप्राध्यापक हरिप्रसाद त्रिपाठी, प्राध्यापक सङ्घका अध्यक्ष हेमराज पाण्डे तथा विश्वविद्यालय कर्मचारी सङ्घका अध्यक्ष शिवराज पण्डित र सहप्रशासक तारा सापकोटाले विश्वविद्यालयका समस्या र सुधारका बारेमा सुझाएका थिए ।

Thuprai - Books and E-books