After SEE Portal

मध्यपश्चिम विश्वविद्यालयमा ‘लोकवार्ता विज्ञान’ अध्ययन हुने

Bridge Course

सुर्खेत, १६ चैत (रासस) ः नेपालमै पहिलो पटक मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेश सुर्खेतमा ‘लोकवार्ता विज्ञान’ विषयको अध्ययन अध्यापन थालिने भएको छ । 

उक्त विषयको पढाइ प्रारम्भ गर्न मानविकी तथा समाजिकशास्त्र सङ्काय, मध्यपश्चिम विश्वविद्यालय सुुर्खेतले दुईदिने अभिमुखीकरण कार्यक्रमको आयोजना ग¥यो । शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले मध्यपश्चिम विश्वविद्यालयले नेपालमै पहिलो पटक नौलो विषय ‘लोकवार्ता विज्ञान’ को पढाइ शुरु गर्नुले नयाँ आयाम थपिएको बताउनुभयो । प्राचीन रेशम मार्ग, सिञ्जा सभ्यता र कर्णालीको मौलिक संस्कृतिको अध्ययन अनुसन्धान आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “लोकवार्ता विज्ञान यसको द्योतक बन्ने छ ।” 

प्रा डा चुडामणि बन्धुले आफ्नो परम्परा, मौलिक संस्कृतिको पहिचान गर्ने उपयुक्त विषयको ऐतिहासिक थालनी भएको धारणा व्यक्त गर्नुभयो । “लोकवार्तामा परम्परागत शिल्पकला, प्रकृति र विश्वसम्बन्धी ज्ञान छ,” प्रा डा बन्धुले भन्नुभयो, “यसले सांस्कृतिक तथा धार्मिक पर्यटनलाई पनि प्रवद्र्धन गर्छ ।” 

प्रा डा जीवेन्द्रदेव गिरीले ‘लोकवार्ता विज्ञान’ भाषा, लोकगीत, देउडा, लोक साहित्य, लोककथा र संस्कारसँग सम्बन्धित विषय हो भन्नुभयो । कर्णाली कला, साहित्य, सभ्यता र संस्कृतिको सम्पन्न प्रदेश भएको उहाँको भनाइ थियो । 

विज्ञ भीमनारायण रेग्मीले शिक्षाको स्थानीय पाठ्यक्रममा पनि यसको योगदान रहने बताउनुभयो । “लोकवार्र्ताले परम्परालाई व्यवसायिकतामा लैजान जोड दिन्छ,” विज्ञ रेग्मीले भन्नुभयो, “यसले संस्कृति र परम्पराको अध्ययन, संरक्षण र विश्लेषण गर्दछ । विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्रका डिन प्रा खोपिराम लम्सालले कर्णाली ‘लोकवार्ता विज्ञान’को अधिकतम् साधनस्रोत भएको क्षेत्र हो भन्नुभयो । 

राष्ट्रियताको बोध गराउने यो विषयलाई मध्यपश्चिम विश्वविद्यालयले पहिलो पटक अभ्यासमा ल्याउन थालेको उहाँको भनाइ थियो । अभिमुखीकरण कार्यक्रमका सहभागीले यो विषयको अध्ययन अनुसन्धानबाट यहाँकोे सभ्यता, संस्कृति र संस्कारको उचित संरक्षण तथा प्रवद्र्धनमा सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए । 

A Levels MA