After SEE Portal

‘नयाँ पुस्तालाई पठन संस्कृति हस्तान्तरण गर्नुपर्छ’: सामाजिक विकासमन्त्री सुदर्शन बराल

Bridge Course

लमही, २१ माघ (रासस): प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले नयाँ पुस्तालाई पठन संस्कृति हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । दाङ गढवाको देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आइतबार चौथो साधारणसभामा मन्त्री बरालले पछिल्लो समय नयाँ पुस्ताले पठन संस्कृति बिर्सिदै गएकाले उनीहरुलाई पुरानो पुस्ताले पठन संस्कृति हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुुभयो । 

“पछिल्लो समय प्रविधिको प्रयोगका कारण नयाँ पुस्ताले पढ्न छाडे”, उहाँले भन्नुभयो । पछिल्लो समय प्राविधिक शिक्षा पढ्नेको लहर बढिरहेकाले देउखुरी क्षेत्रमा प्राविधिक शिक्षालय सञ्चालनका लागि प्रदेश सरकारको तर्फबाट पहल थाल्ने मन्त्री बरालले बताउनुभयो ।

A Levels MA